खेलाडी चोखाललाई नगद सहित सम्मान

khali

बेनी । जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशको पुरुष भलिबल टिमका उपकप्तान सुजन चोखाललाई शुक्रबार नगद सहित सम्मान गरेको छ ।

समितिका अध्यक्ष दिनेश केसी र प्रशिक्षक कर्ण प्रधानले वैदेशिक रोजगारीको लागि जापान जान लागेका चोखाललाई नगद रु. दश हजार प्रदान गर्नुभएको थियो ।

चोखालले म्याग्दीको भलिबल क्षेत्रको विकासमा योगदान गरेकालाई नगद सहित सम्मान गरेको अध्यक्ष केसीले बताउनुभयो । बाध्यताले विदेश जानुपरेपनि भलिबल खेललाई माया नमार्न अध्यक्ष केसीले चोखाललाई आग्रह गर्नुभयो ।

Shreekrishna hardwear in news
khali

गण्डकीको सेटर चोखालले बेनी नगरपालिका–९ को काउलेगौडा युवा क्लवबाट स्थानीय प्रतियोगिताहरु मार्फत खेल जिवन शुरु गर्नुभएको हो । चोखालले करिब एक दशक गण्डकीको टिमबाट राष्ट्रिय प्रतियोगिताहरुको साथै व्यवसायिक क्लवहरुबाट पनि खेल्नुभएको थियो ।

उत्कृष्ट सेटरको पहिचान बनाएका चोखालले चित्त नबुझेको विषयमा तत्कालै प्रतिक्रिया जनाउने र प्रतिवाद गर्दा चर्चामा पनि आउनुभएको थियो । चोखाललाई यसअघि काउलेगौडा युवा क्लव र जिल्ला भलिबल संघले पनि सम्मान सहित बिदाई गरेका थिए ।

खेलाडी चोखालले विदेश गएपनि भलिबल खेललाई माया नमार्ने बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...