अन्नपूर्णका प्रथम आरोही मौरिसका छोरा माथिएस नारच्याङमा

khali

बेनी, । पहिलो पटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका फ्रान्सेली नागरिक मौरिस हर्गोजका छोरा माथिएस हर्जोग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आउनुभएको छ ।

७४ वर्षअघि सन १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नुभएका मौरिसको पथ पछ्याउदै उहाँका छोरा बिहिबार नारच्याङ आउनु भएको हो । नारच्याङबेशीमा स्थानीयबासीहरुले आयोजना गरेको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले माथिएसलाई स्वागत गर्नुभएको थियो ।

माथिएस नारच्याङ देखि शुक्रबार अन्नपूर्ण हिमालको आधार शिविर जादै हुनुहुन्छ । यो पदमार्गलाई प्रथम आरोहीको सम्मानमा मौरिस हर्जोग नामाकरण गरिएको छ । हर्जोग र अर्का आरोही लुई लिचेनेलले आठ हजार मिटर भन्दा अग्लो हिमालको चुचुरोमा पहिलो पटक मानव पाइला पारेर विश्व कीर्तिमान बनाउनुभएको थियो ।

Shreekrishna hardwear in news

अन्नपूर्ण हिमालमा मानव पाइला परेको तीन वर्षपछि मात्रै सर्वोच्च शिखर सगरमाथा आरोहण भएको थियो । अन्नपूर्णमा पहिलो पटक मानव पाइला परेको दिनको सम्झनामा हरेक वर्ष जुन ३ लाई ‘अन्नपूर्ण डे’का रूपमा मनाइन्छ । हर्जोगले आरोहणका लागि प्रयोग गरेको नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये १०औं स्थान (८,०९१ मिटर) मा पर्ने अन्नपूर्ण प्रथममा पहिलो पटक मानव पाइला परेसँगै नेपालमा पर्वतीय पर्यटनको व्यावसायिक सुरुवात भएको मानिन्छ । उनै हर्जोगले नेपालबाट फर्किएर ‘अन्नपूर्ण’ पुस्तक लेखेसँगै नेपालको हिमाल आरोहणले अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनमा थप चर्चा पाएको थियो । त्यसकै कारण अहिले पनि हिमाल आरोहणमा विदेशी आरोहीको चासो बढ्ने गरेको छ ।

हिमाल आरोहणमा कीर्तिमानी राखेका हर्जोगका छोरा माथिएस असोज तेस्रो हप्ता पोखरा आउनुभएको थियो । “बुबा पुगेको चुचुरोमा जान नसके पनि फेंदीसम्म जाने उहाँको योजना छ,” मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले भन्नुभयो “माथिएसको भ्रमणले पर्यटन क्षेत्रमा थप बल पुग्नेछ । अझ धेरै आरोहीलाई नेपाल आउन बल पुग्नेछ ।”

पिताले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको अवसरमा नेपालमा हुने विशेष कार्यक्रमको तयारीका लागि आएका माथिएस झन्डै तीन महिना नेपालमै रहने जनाइएको छ । माथिएस ३० वर्षअघि पनि नेपाल आएका थिए ।

khali

“माथिएसको आगमन पर्यटन क्षेत्रका लागि राम्रो हो। उनकै पिता मौरिस हर्जाेगले अन्नपूर्णलाई चिनाउनुभयो । अन्नपूर्ण हिमाल मात्र नभई समग्र अन्नपूर्ण क्षेत्र चिनियो,” अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो “आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न सकिन्छ भनेर उनले प्रमाणित गरिदिएकाले अरूका लागि बाटो खुलेको हो ।” माथिएसको भ्रमणले अन्नपूर्ण क्षेत्रको पहिचान थप फराकिलो हुने अध्यक्ष पुनले बताउनुभयो । माथिएसको भ्रमणले त्यस क्षेत्रको पहिचान अन्तर्राष्ट्रिय जगतमा थप फराकिलो हुने विश्वास गरिएको छ ।

‘मौरीस हर्जोग’ पदमार्गमा पछिल्लो दुई वर्षयता आन्तरिक पर्यटकको आकर्षण बढेको छ । गत बसन्त याममा २५ जनाले अन्नपूर्ण आरोहणको अनुमति लिएका पर्यटन विभागले जनाएको छ । चालु शरदयाममा भने कसैले पनि अन्नपूर्ण आरोहणको अनुमति लिएका छैनन् । अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले दैनिकजसो आन्तरिक पर्यटकहरु आधार शिविर गइरहेका बताउनुभयो ।

हुुमखोला हुुदै गुरासेडाँडा, फुुतफेते झरना, सम्धीखर्क, भुुसकेत, नारच्याङ पञ्चकुुण्ड ताल हुुदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामाकरण गरिएको छ ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । वि.स. २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ ।

होटल तथा लजको सुविधा नभएको यस पदमार्गमा पदयात्रीहरुले आफै खाने सामग्रीहरु लैजानुपर्छ । पाँच ठाउँमा आश्रयस्थल निर्माण भएको छ । अस्टे«लीयामा रहेकी रघुगंगा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाईमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

अन्नपूूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा आश्रयस्थल, सार्वजनिक शौचालय लगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. एक करोड बजेट कार्यान्वयनको तयारी गरेको बताउनुुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...