रघुगंगामा राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

Gandaki Kotihome

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा बिहिबारदेखि गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

रघुगंगा माध्यमिक विद्यालयको खेलमैदानमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) ले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा उहाँले आफू खेलाडी पनि भएकाले कुनै पनि कामलाई निरन्तरता दिई सफल बनाउने प्रेरणा मिलेको अनुभव सुनाउनुभयो ।

खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयस्तरमा खेल पूर्वाधारको विकासका लागि सङ्घीय सरकारसँग आफूले पहल गरेको उहाँको भनाइ छ ।

Upper Myagdi transmition line notice

उहाँले विद्यार्थीलाई अनुशासित बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरूले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन उहाँले अनुरोध गर्नुभयो ।

फरक प्रशंगमा रघुगंगा र बेनी नगरपालिकाका लागि बृहत घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता भएको जानकारी दिदै सांसद गर्बुजाले बृहत पिप्ले–भगवति खानेपानी आयोजनालाई बहुबर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितताका लागि पहल गरेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारले ल्याएका खेलकुद र शिक्षा सम्बन्धी कार्यक्रममा प्रस्ताव पेश गर्न आग्रह गर्दै कार्यक्रम पार्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Annapurna aarohan ko notice

प्रदेश सरकार मार्फत बेनी–पाखापानी सडक स्तरोन्नतिको आयोजना शुरु भएको, पिप्ले–भगवति सडक कालोपत्र भएको, भगवति–बेग सडक कालोपत्रका लागि सरकारसँग समन्वय गरेको जानकारी गराउदै घुमाउनेताल–पिप्ले सडक स्तरोन्नतिको काम निर्माणाधिन जलविद्युत आयोजनाहरु मार्फत गराउनुपर्ने भण्डारीले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केवी), नेकपा एमाले रघुगंगाका अध्यक्ष झलक आचार्य, राप्रपाका विश्व शाही, वडा न. ३ का अध्यक्ष खिमबहादुर शाही, रघुगंगा माविका प्रअ रमेश सिंह ठकुरी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षता र लेखा अधिकृत अर्जुन गौतमले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

भलिबल, एथलेटिक्स र कबड्डी विद्यातर्फ छात्र र छात्राहरूको १३–१३ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा रघुगंगामा रहेका दुई वटा आधारभूत र १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा विजेता विद्यालयलाई ५५ हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद ३५ हजार र २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

उद्घाटन खेलको १५ सय मिटरको दौडमा छात्र तर्फ अमर माविका सुजाब पुर्जा प्रथम,मुक्तिधाम माविका सङ्गम विक दोस्रो र ज्ञानदोय माविका रोशन भण्डारी तेस्रो हुनुभयो । यसैगरी छात्रा तर्फ मुक्तिधाम माविकी सोनिया खड्का प्रथम,अमर माविकी सुप्रिया नगरकोटी दोस्रो र रघुगंगा माविकी कञ्चन भण्डारीले तेस्रो स्थान प्राप्त गर्नुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...