थोराङमा सरसफाई

Gandaki Ghumau

जोमसोम, विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबै भन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाई गरिएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको समन्वयमा समुन्द्रि सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाईमा रहेको थोराङमा सरसफाई गरिएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवत्ता प्रमेश गुरुङले मुक्तिनाथ देखि थोराङ फेदी देखि थोराङ् पास सम्म पदयात्रीहरुले फालेका फोहोर संकलन र व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

“पदयात्रीहरुको आकर्षण बढेको थोराङको आश्रयस्थलहरुमा थुप्रिएको पलास्टिक, सिसाजन्य फोहोरका कारण प्रदुषण बढेपछि सरसफाई गरिएको हो,” उहाँले भन्नुभयो “कुहिने फोहोरलाई खाडल खनेर गाडेका छौ । पलास्टिक जन्य फोहोरलाई जलाएर नष्ट गरेका छौ । सिसा र धातुजन्य नकुहिने फोहोर बोकेर मुक्तिनाथ ल्याएर व्यवस्थापन गरिएको छ ।” करिब २५ देखि ३० बोरा फोहोर व्यवस्थापन गरिएको प्रवत्ता गुरुङले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङ, प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुषाल, प्रहरी नायव उपरीक्षक सुर्यबहादुर बोगटीलगायत ४५ जना जनप्रतिनिधी, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र स्थानीयबासीको टोलीले सरसफाईका लागि मंगलबार थोराङ पुगेको थियो ।

सरसफाई टोलीले पदयात्री र पथप्रर्दशकरुसँग फोहोरको सुरक्षित व्यवस्थापनका लागि सचेतनामुलक कार्यक्रम पनि गरेको थियो । अन्नपूर्ण संरक्षण आयोजनाले थोराङमा बनाएको फोहोर राख्ने घर पनि भरिएको छ ।

गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङ्लाई साहासिक गन्तब्य मानिन्छ । मनमोहक हिमशृङखला, बिबिधतायुक्त भूगोल, संस्कृति, रहनहसन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाउनु थोराङपासको विशेषता हुन् ।

आर्थिक वर्ष २०८०÷०८१ मा १३ हजार नौ सय १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेर मनाङ हुदै मुस्ताङ आएका थिए । चालु आर्थिक वर्षको साउन देखि असोज तेस्रो हप्तासम्म थोराङ्ला पार गरेर मुस्ताङ आउने विदेशी पर्यटकको संख्या दुई हजार जना भन्दा बढी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...