संसदीय समितिद्धारा म्याग्दी कारागारको अनुगमन

khali

बेनी, गण्डकी प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला तथा कानुन समितिले मंगलबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारको अनुगमन गरेका छन् ।

समितिका सभापति चम्पादेवी खड्काको नेतृत्वमा आएको अनुगमन टोलीसँग कैदीबन्दीहरुले निर्माण गरेको मुडा, झोला लगायत सामग्रीले बजार नपाएको गुनासो गरेका छन् ।

कैदीहरुले सिपमुलक तालिम र उत्पादनको बजार सुनिश्चितताको माग गरेका हुन् । अन्य जिल्लाको तुलनामा म्याग्दी कारागारको व्यवस्थापन सन्तोषजनक रहेको टोलीमा सहभागी सांसदहरुको प्रतिक्रिया थियो ।

Shreekrishna hardwear in news
khali

कारागारको अवस्था, समस्या र आवश्यकता तथा समाधानका उपाय पहिचान गरि सरकारलाई सिफारिस गर्ने उद्देश्यले कारागारहरुको अनुगमन, कैदी तथा सरोकारवालासँग छलफल गरिएको अनुगमनमा सहभागी म्याग्दी १(१) बाट निर्वाचित प्रदेश सांसद हरिबहादुर भण्डारीले बताउनुभयो ।

म्याग्दी कारागारमा हाल पाँच जना महिला र ८७ जना पुरुष कैदीबन्दी रहेका जेलर प्रतिक्षा सुवेदीले बताउनुभयो । सात जना महिला र २५ जना पुरुषको क्षमता रहेको छ । कर्तब्य ज्यान र बलात्कार सम्बन्धी कसुरका कैदीबन्दी धेरै छन् ।

अनुगमनमा समितिका सदस्यहरु कुशुम बुढा, देवका पहारी, रेखा गुरुङ, विकल शेरचन, रोशन गाहामगर, प्रदेश सांसद हरिबहादुर भण्डारी र बिमला गौचन सहभागी हुनुभएको थियो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, कारागार प्रमुख सुवेदीलगायतसँग पनि टोलीले छलफल र अन्तक्रिया गरेको छ । टोली मुस्तांग गएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...