छैठौ पश्चिम म्याग्दी कपको उपाधी एभरग्रिनलाई

khali

दरवाङ ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार सम्पन्न छैठौ पश्चिम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधी बेनीको एभरग्रिन युवा क्लवले जितेको छ ।

पश्चिम म्याग्दी युवा क्लवले वडा दशै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजकलाई शून्यका विरुद्ध एक गोल गर्दै एभरग्रिनले उपाधी चुमेको हो । प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. एक लाख र रु. ६० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

Shreekrishna hardwear in news
khali

असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा २९ वटा टिमले सहभागिता जनाएका क्लवका सहसचिव विमल शर्माले जानकारी दिनुभयो । यसैगरी आठ टिमले सहभागिता जनाएको सेभेन ए साइट महिला फुटबल प्रतियोगितामा आयोजक पश्चिम म्याग्दीले उपाधी जितेको छ ।

नवसिर्जना युवा क्लव रुन्मालाई शून्यका विरुद्ध दुई गोल गर्दै पश्चिम म्याग्दीले उपाधी चुमेको । महिला फुटबल प्रतियोगितामा बिजेताले रु. २५ हजार र उपबिजेताले रु. १५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सो अवसरमा दरवाङ बजारको टोल स्तरीय फुटबल प्रतियोगिता पनि भएको सहसचिव शर्माले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...