२२ औ जेसिजकप मंसिर तेस्रो साता

Gandaki Ghumau

बेनी । २२ औं अन्तर माध्यमिक विद्यालय स्तरीय जेसीज कप फुटबल प्रतियोगिता आगामी मंसिर १७ देखि २२ गतेसम्म बेनीको खुल्ला मञ्चमा हुने भएको छ ।

म्याग्दी जेसीजले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको २२ औ संस्करण सफल बनाउन शाखा उपाध्यक्ष देवेन्द्र घिमिरेको संयोजकत्वमा मुल समिति बनाएर तयारी शुरु गरेको हो ।

जेसिजको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगिता संयोजक घिमिरेले १९ वटा उपसमितिहरु मार्फत आर्थिक संकलन, प्रचारप्रसार लगायत तयारी थालिएको जानकारी दिनुभयो ।

Shreekrishna

प्रतियोगिताको टाईटल स्पोन्सर एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस रहेको छ । सो कम्पनीले आगामी पाँच वर्षका लागि जेसिजकपको टाईटल स्पोन्सर गर्ने सम्झौतापत्रमा शनिबारनै हस्ताक्षर भएको पुर्व अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । २२ औ जेसिजकपको लोगो सार्वजनिक पनि गरिएको छ ।

Gunasthariya Shiksya

प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानियाले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीमा धमानसिंह अवार्ड, सर्वाधिक गालेकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक इन्द्र अवार्ड, उत्कृष्ट डिफेन्डर सरस्वती अवार्ड, उत्कृष्ट स्ट्राईकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर लालिगुराँस अवार्ड, राईजिङ प्लेयर धन अवार्ड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड, अनुशासित टिम झलक खगेश्वरी अवार्ड नगद रु २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा सेमि फाईनलिष्ट दुई टिमलाई नगद रु ५÷५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने पुर्व अध्यक्ष सुमन बानियाले बताउनुभयो । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता सञ्चालनका लागि कुल रु. सात लाख ८० हजार आम्दानी र रु. सात लाख ५७ हजार दुई सय ३१ खर्च हुने अनुमान गरिएको छ ।

अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएकाले यसपटक पनि उत्साहजनक उपस्थिती हुने जेसिजले अपेक्षा गरेको छ ।

प्रतियोगितामा कुल आम्दानी ७ लाख ८० हजार र खर्च ७ लाख ५७ हजार २३१ हुने अनुमान गरिएको छ । म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...