मालिकाको अदिभारा–डाडागाउँ सडक स्तरोन्नति शुरु

Gandaki Ghumau

बेनी, ः म्याग्दीको मालिका र बागलुुङको तमानखोला गाउँपालिका जोड्ने दरवाङ– अदिभारा– डाडागाउँ– सोले– तमान– बुर्तीवाङ सडक स्तरोन्नति शुरु भएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटबाट यो सडक आयोजना अन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका– ३ अदिभारा देखि औला हुदै डाडागाउँ–किटिनी क्षेत्रमा स्तरोन्नति हुन लागेको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अदिभारा तर्फबाट डोजर र मजदुर परिचालन गरेर सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण थालेको मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुुढाले जानकारी दिनुभयो ।

“सडक निर्माणलाई तिब्रता दिनका लागि वैकल्पिक सडक मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका बासिन्दाका साथै बागलुङको तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक रणनीतिक हिसाबले महत्वपूर्ण छ ।”

Shreekrishna
Gunasthariya Shiksya

वि.स. २०७५ मा मालिका गाउँपालिकाले अदिभारा देखि डाडागाउँ हुदै तमानखोला जोड्ने सडकको मार्ग खोलेको थियो । गण्डकी प्रदेश सरकारले रु. दश करोड बजेटको स्रोत सुनिश्चित गरेको यो सडक स्तरोन्नतिका लागि गत असार महिनामा एपिसी÷आरआरसी÷पिएनएस जेभीले रु. पाँच करोड ८२ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले बताउनुभयो ।

आयोजना मार्फत यो सडकलाई ग्राभेल गर्न लागिएको हो । सडकको प्रवेशबिन्दुमा पर्ने अदिभारा स्थित दाजुङखोलामा कार्यालय मार्फत २५ मिटर लामो मोटरेबल पुल निर्माणाधिन रहेको छ । बागलुुङको बुर्तीवाङ देखि तमानखोला तर्फपनि यसै वर्षदेखि सडक स्तरोन्नतिको काम शुरु भएको छ ।

म्याग्दी १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रि रेशम बहादुर जुग्जालीले मध्य पहाडी लोकमार्गको बागलुङ–बुर्तीवाङ खण्डको तुलनामा छोटो पर्ने भएकाले यो सडकलाई लोकमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...