बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा शिशू स्वागत घर स्थापना भएको छ ।
स्वास्थ्य संस्था देखि टाढा रहेका भौगोलिक रुपमा विकट र दुर्गम बस्तिका विपन्न तथा गरिव समुदायका गर्भवतिहरुलाई लक्षित गरेर गाउँपालिकाले शिशूू स्वागत घर स्थापना गरेको हो । सुरक्षित प्रसुति सेवामा पहुँच बढाउन शिशुु स्वागत घर सञ्चालन गरिएको धवलागिरी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले जानकारी दिनुभयो ।
“सुुत्केरी हुने मिति नजिकिएपछि गर्भवति र आफन्त बास बस्नका लागि सबै स्वास्थ्य संस्थामा एक÷एक वटा कोठामा शिशुु स्वागत घर बनाएका छौ,” उहाँले भन्नुभयो “बेड, विस्तारा, भाडाकुडा र सरसफाईका सामग्री, ग्यासको ब्यवस्था गाउँपालिकाले गरेको छ ।” सात वटा वडाका स्वास्थ्य चौकीमा शिशू स्वागत घर स्थापना गर्न गाउँपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा बिनियोजन गरेको रु. पाँच लाख बजेटबाट सामग्री खरिद गरिएको थियो ।
धवलागिरीको एउटै वडाको एउटा वस्ति देखि अर्को बस्तिमा पुग्न पुरै दिन हिड्नुपर्ने अवस्था छ । भौगोलिक विकटताका कारण घर छाडेर स्वास्थ्य संस्था तथा बजारका अस्पताल जान नसक्ने गर्भवतिहरु घरमै जोखिम मोलेर सुुत्केरी हुुनुपर्ने बाध्यता छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा धवलागिरीमा ९१ जना सुुत्केरी भएका थिए । जस मध्य तीन जना जोखिम मोलेर घरमै सुुत्केरी भएका हुुन् । जोखिम मोलेर घरमै सुुत्केरी हुने अवस्था अन्त्य गरि मातृृ शिशुु मृत्युुदरमा कमी ल्याउने र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिशू स्वागत घरको अवधारणा अघि सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले बताउनुभयो ।
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको निगरानीमा रहने गर्भवतिहरुलाई जटिलता भएमा समयमै अस्पताल पु¥याउनका लागि समन्वय गर्न पनि सहज हुने उहाँले बताउनुभयो । धवलागिरीका सात वटै स्वास्थ्य चौकीमा प्रसुति केन्द्र सञ्चालन गरिएको छ ।
सुुरक्षित प्रस्तुति सेवामा पहुँच बढाउनका लागि सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन भएको छ । सो कार्यक्रम मार्फत क्याल्सीयम दिने गरिएको उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो ।