सडक मर्मतमा ढिलाई हुँदा घोडेपानीमा पर्यटक आगमन प्रभावित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, पहिराका कारण अवरुद्ध सडक मर्मतमा भएको ढिलाईका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानीमा पर्यटक आगमन प्रभावित भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा गत साउन महिनामा पहिराले भत्काएको सडक अझै मर्मत हुन नसक्दा पर्यटक र स्थानीयबासीलाई समस्या भएको हो ।

सिजन शुरु भएपनि सडक मर्मत नहुँदा घुम्न आउने पर्यटक र स्थानीयबासीलाई आवत जावतका साथै होटल ब्यवसायीहरुलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताउनुभयो ।

Shreekrishna

“विगतका वर्षमा दशै लगत्तै छुट्टी मनाउन बस चढेर आउने आन्तरिक पर्यटकले घोडेपानीका होटलहरु भरिभराउ हुन्थ्ये,” उहाँले भन्नुभयो “कास्कीबाट पदयात्रा गरेर आउने पर्यटक मात्रै छन् । घोडेपानी पर्यटकीय याममा पनि सुनसान भएको छ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

होटलका लागि आवश्यक तरकारी, खाद्यान्न लगायत सामग्री ढुवानी गर्न समस्या भएको होटल ब्यवसायीहरुले बताएका छन् । घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकल बाहेक जिप, बस, ट्रक, ट्याक्टर वारपार गर्न सकेका छैनन् ।

वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सो भन्दा बढी आन्तरिक पर्यटक आउँछन् । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, गुराँसे जंगल, वन्यजन्तु, पंक्षी, मगर संस्कृति लगायत आकर्षण रहेको छ ।

१८ किलोमिटर पाँच सय ४० मिटर दुरीको पोखरेबगर–चित्रे सडक मार्ग खुलेको १५ वर्षपछि गत बर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्की मार्फत करिब रु. ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पु¥याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने बैकल्पिक सडक मर्मत गरेको बताउनुभयो ।

लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएको ठाउँमा हलुका सवारी साधन चल्न सक्ने गरि स्थानीय स्रोतबाट मर्मत गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो । भासिएको र वैकल्पिक सडकमा बस चल्न सक्दैनन् ।
अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले संघीय आयोजनाको ठेक्का मार्फत मर्मतको समय अवधी बाँकी रहदै गाउँपालिकाले मर्मतमा खर्च गर्न नमिल्ने नीतिगत अप्ठ्यारो रहेको बताउदै ठेकेदार र सम्बद्ध आयोजना पक्षले सुनुवाई नगरेको गुनासो गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...