मंगलाको सेराफाँट र पिपलबोटका युुवाहरुले श्रमदान गरेर पदमार्ग बनाए

khali

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ शेराफाँट र पिपलबोटका युवाहरुले दशैको अवसरमा श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् ।

दशै मनाउन विदेश र सहरबाट जन्मथलोमा फर्किएका तथा गाउँमै रहेका युवाहरुले बिहिबार श्रमदान गरेर मंगला गाउँपालिका–२ रणवाङ खोल्सादेखि कैलाशफाँट जाने पदमार्ग निर्माण गरेका हुन् ।

khali

१२ जनाले करिब छ घण्टा श्रमदान गरेर बेनी–दरवाङ सडक अन्तर्गत रणवाङ खोल्सादेखि कैलाशफाँट जोड्ने झोलङ्गे पुल सम्म पाँच सय मिटर पदमार्ग निर्माण गरेको स्थानीय युवा डिलाराम कडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news

मोटरसाइकल समेत आवत जावत गर्न मिल्ने गरि निर्माण गरिएको पदमार्गबाट रणवाङ, शेराफाँट, पिपलबोट, पाखुका बासिन्दा लाभान्वित भएका छन् । घुुमाउरो बाटो हिड्नुुपर्ने समस्या हटेको छ । यात्राअवधी छोटिएको छ । कैलाशफाँटको पालिका स्तरीय खेलमैदानमा खेल अभ्यास गर्न जाने खेलाडीहरुलाई पनि सहज भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...