सेवा प्रवाहलाई सरलीकृत गर्ने प्रजिअ ढकालको प्रतिवद्धता

khali

बेनी। म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सेवा प्रवाहलाई सरलीकृत गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रशासन कार्यालयमा बुधबार भएको भेटघाट कार्यक्रममा प्रजिअ ढकालले प्रशासनिक काममा हुने ढिलासुस्ति हटाउने र प्रक्रीयालाई सरलीकृत गरेर सेवाग्राहीलाई सहज तथा छिटो छरितो सेवा लिने वातावरण बनाउने बताउनुभयो ।

“प्रक्रीया, बिधी र आवश्यक कागजत पुरा गरेर आउने सेवाग्राहीलाई ह्स्व, दिर्घ मिलेन भनेर अनावश्यक कारकेर पार्ने काम प्रशासनमा हुने छैन,” उहाँले भन्नुभयो “सेवाग्राहीले जति सक्दो छिटो र सहज रुपमा सेवा पाउने वातावरण बनाउन प्रशासनबाटै सुरुवात गरेको छु ।”

Shreekrishna hardwear in news
khali

प्रजिअ ढकालले प्रशासनमा निवेदनको ढाँचा तयार पार्ने र हुलाकका कर्मचारीलाई प्रशासनमै राखेर तोकिएको मुल्यमै टिकट पाउने ब्यवस्था मिलाउन लागेको जानकारी गराउनुभयो । मेलापर्वमा कडाई र बजार अनुगमनलाई तिब्रता दिने प्रजिअ ढकालको भनाई थियो ।

नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी नियन्त्रणका लागि स्थानीय तह तथा सुरक्षा निकायहरुबीच समन्वय गरिने उहाँले बताउनुभयो ।

प्रजिअ ढकालले यसअघि राजनीतिक दल, कार्यालय प्रमुख, जनप्रतिनिधीहरुसँग भेटघाट र छलफल गरेर जिल्लाको बस्तुअवस्था बुझ्नु भएको थियो । पत्रकार भेटघाटका क्रममा प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले दशै, तिहार, छठ लगायत चाडपर्वका लागि सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरेको बताउनुभयो ।

यातायातमा हुने ठगी नियन्त्रण, दुर्घटना न्युनीकरणका लागि सहायता कक्ष स्थापना गरेको बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...