हुलाकका दुई कर्मचारीलाई सम्मान

khali

बेनी, । जिल्ला हुलाक कार्यालय म्याग्दीमा कार्यरत दुई जना कर्मचारीलाई बुधबार बेनीमा सम्मान गरिएको छ ।

१५० औ विश्व हुलाक दिवसको अवसरमा आयोजित समारोहमा खरिदार सम्झना भण्डारी बानियाँ र हल्कारा सुनीता श्रेष्ठलाई सम्मान गरिएको हो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ, हुलाक कार्यालयका प्रमुख रमेश अधिकारीले खादा ओढाएर र प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

समारोह अघि जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, हुलाकका कर्मचारी, पत्रकारलगायत सुरक्षाकर्मीको सहभागितामा ¥यालीको आयोजना गरिएको थियो । जिल्ला प्रशासन कार्यालय अगाडीको बिरेन्द्रचोकबाट शुरु भएको नेवारी धिमे बाजा सहितको ¥याली बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभाहलमा पुगेर समारोहमा परिणत भएको थियो ।

Shreekrishna hardwear in news
khali

आधुनिक सूचना प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि परिस्कृत, विश्वसनीय र भरपर्दो बनाउँदै लैजानुपर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । हुलाक सेवालाई समयसापेक्ष परिवर्तन गर्दै जानुपर्ने उहाँको भनाइ छ ।

विश्वभरका मानिसबिच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...