म्याग्दीका बिद्यालयमा पठनपाठन सुरु

Gandaki Pardesh notice


बेनी । कोरोना (भाइरस)को जोखिमका कारण बन्द भएका म्याग्दीका बिद्यालयमा पठनपाठन सुरु भएको छ

सरकारको बिद्यालय सञ्चालन गर्ने निर्णय अनुसार गत चैत महिनादेखि बन्द भएका म्याग्दीका विद्यालयमा नियमित पठनपाठन हुन थालेको हो । बैकल्पिक माध्यमबाट सिकाई सहजिकरण गरिरहेका बिद्यालयले कक्षा कोठामा शिक्षक र बिद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गर्न थालेका हुन् ।

सम्बन्धित स्थानीय तह, प्रदेश र संघीय सरकारले तय गरेका मापदण्ड पालना गरेर कक्षा सञ्चालन गरिएको बिद्यालयहरुले जनाएका छन् । यसै हप्तादेखि औपचारिक रुपमा बिद्यालयमा पढाई सुरु भएको छ ।

Shreekrishna hardwear in news

बिद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर पठनपाठन सुरु गरेका बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले बताउनुभयो । मालिका गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार त्यहाँका बिद्यालय पनि यसै हप्तादेखि सञ्चालनमा आएका छन् ।

रघुगंगा गाउँपालिकाले शनिबार बाहेकका सार्वजनिक बिदामा समेत पठनपाठन गराउने निर्णय गरेको शिक्षा अधिकृत कृष्ण सुवेदीले बताउनुभयो । अन्नपूर्ण, धवलागिरी र मंगला गाउँपालिकाका बिद्यालयमा पनि पठनपाठन सुरु भएको छ ।

Bhautik ministry notice about road

अन्नपूर्ण गाउँपालिकाको शिख माविका प्रअ केदार कार्कीले धेरै बिद्यार्थी भएका कक्षामा आलोपालो र थोरै भएकामा विगत अनुसारनै बिद्यालयमा बोलाएर पठनपाठन सुरु गरिएको बताउनुभयो ।

बन्दाबन्दी खुलेपछि टोल–टोलमा शिक्षक पुगेर गृहकार्य दिने र सिकाई सहजिकरण गर्दै आएका थिए । सदरमुकाम बेनीका केही बिद्यालयले अनलाइनको माध्यमबाट पनि पढाएका थिए । बैकल्पिक शिक्षण सिकाईका सामग्री छपाएर बितरण गरिएको थियो ।

कोरोनाको जोखिम नभएका धवलागिरी गाउँपालिकाको गुर्जा स्थित जनविकास मावि र अन्नपूर्ण गाउँपालिकाको नांगी स्थित हिमाञ्चल माविमा भने यसअघिनै नियमित पठनपाठन सञ्चालन भएको थियो ।

शिक्षक बिद्यार्थीले अनिवार्य मास्क लगाउने, स्यानीटाइजरको प्रयोग गर्ने, बिद्यालय छिर्नुअघि ज्यरो नाप्ने र दुरी कायम गरेर बसाई ब्यवस्थापन गरिएको छ । धेरै बिद्यार्थी संख्या भएका बिद्यालयलाई दुई समूह बनाएर पढाउन थालेका छन् ।

लामो समयपछि बिद्यालय जान पाउँदा खुसी भएका विद्यार्थीहरुमा कोरोनाको त्रास पनि उत्तिकै छ । म्याग्दीमा २३२ वटा सामुदायिक र २८ वटा निजी बिद्यालय छन् । कक्षा १० सम्म करिब तीस हजार बिद्यार्थी छन् । सामुदायिक बिद्यालयका बिद्यार्थीका लागि पाठ्यपुस्तक भने बैशाख महिनामै ल्याएर बितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...