कमला पुनलाई भलिबल संघ म्याग्दीद्धारा नगद सहित सम्मान

khali

बेनी, महिला भलिबलको राष्ट्रिय खेलाडी कमला पुनलाई मंगलबार गृहजिल्ला म्याग्दीमा नगद सहित सम्मान गरिएको छ ।

जिल्ला भलिबल संघ म्याग्दीले बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नगद १० हजार सहित उहाँलाई सम्मान गरेको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसी, संघका अध्यक्ष तेजेन्द्र बानिया र सदस्य मनोज खड्काले नगद, सम्मानपत्र र मुलमालाले सम्मान गर्नुभएको थियो ।

khali

पुनले जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएर उत्कृष्ट खेल प्रर्दशन गरि उपाधी दिलाउन योगदान गर्नुभएकाले प्रोत्साहनका लागि सम्मान गरिएको अध्यक्ष बानियाले बताउनुभयो ।

Shreekrishna hardwear in news

म्याग्दीको मालिका गाउँपालिका–३ की पुन हाल नेपाल पुलिस क्लव महिला भलिबल टिमको कप्तान हुनुहुन्छ । उहाँको कप्तानीमा नेपाली महिला भलिबल खेलाडीहरुले हालै माल्दीप्समा भएको काभा महिला बिच भलिबल प्रतियोगिता २०२४ मा उजेकिस्तानलाई सोझो दुई सेटमा पराजित गर्दै उपाधी दिलाएका थिए ।

नगर प्रमुख केसीले म्याग्दीमा जन्मिएका राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाही र पुनले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । नगरपालिकाले पनि शाही र पुनलाई सम्मानको तयारी गरेको उहाँले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...