म्याग्दीमा हुलाक कार्यालयहरुको पुनःसंरचना

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीमा हुलाक कार्यालयहरुको पुनःसंरचना भएको छ । हुलाक कार्यालयहरुको पुनसंरचना गर्ने सरकारको नीति पहिलो पटक म्याग्दीमा कार्यान्वयन गरिएको सोमबार आयोजित पत्रकार भेटघाटमा जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश अधिकारीले बताउनुभयो ।

म्याग्दीमा यसअघि एक वटा जिल्ला, १० वटा इलाका र २९ वटा अतिरिक्त हुलाक कार्यालयहरु थिए । जिल्ला हुलाक कार्यालयलाई कायमै राखेर १० वटा इलाका मध्य सदरमुकाम बेनी बाहेकका पाँच वटा स्थानीय तहमा एक÷एक वटा पालिका हुलाक कार्यालय कायम गरिएको छ ।

“एक वटा स्थानीय तहमा एउटा मात्र हुलाक रहने सरकारको नीति अनुसार २९ वटा अतिरिक्त हुलाक कार्यालयहरु पनि त्यहाँ कार्यरत स्थायी कर्मचारीको सेवा अवधीसँगै रहनेछैनन,” अधिकारीले भन्नुभयो “इलाका हुलाक कार्यालय खारेज भएपछि त्यहाँका स्थायी कर्मचारीहरुलाई अन्यत्र व्यवस्थापन र अस्थायी करारका छ जनालाई ससम्मान बिदाई गरिएको छ ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

देशका धेरै जसो जिल्लामा हुलाक कार्यालय समायोजनको विषय जटिल भएको अवस्थामा म्याग्दीमा जनप्रतिनिधी र सरोकारवालाहरुको सहयोग र समन्वयले गर्दा समायोजन गर्न सफल भएको हुलाक अधिकारीले बताउनुभयो ।

यसैगरी म्याग्दीमा हुलाक कार्यालयले चिठीपत्रको साथै कानुनले प्रतिबन्ध नलगाएका बस्तुहरुको ओसारपसार सम्बन्धी सेवा पनि विस्तार गरेको छ । पसलबाट महँगो मूल्यमा टिकट बिक्री गरेको पाइएपछि कार्यालय समय बाहेक पनि हुलाक कार्यालयबाटै टिकट बिक्रीको व्यवस्था मिलाएको कार्यालयका खरिदार मिन बरुवालले बताउनुभयो ।

जिल्ला र इलाका हुलाक कार्यालयहरुमा इन्टरनेट जडान गरिएको र सेवाग्राहीले आफूले पठाएको चिठी तथा सामान कहाँ पुग्यो भनेर जिपिएस ट्यागीङ गरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...