हिमाल आरोहणमा निर्मलको किर्तिमान

khali

बेनी, ः आठ हजार मिटर भन्दा अग्ला सबै हिमालमा छोटो अवधिमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी आरोहण गरेर म्याग्दीमा जन्मिएका निर्मल पुर्जा (निम्स)ले नयाँ किर्तिमान बनाउनु भएको छ ।

४० वर्षीय पुर्जाले दुई वर्ष छ महिनाको अवधीमा अतिरिक्त अक्सिजन प्रयोग नगरी आठ हजार मिटर भन्दा अग्ला १४ वटै हिमालको आरोहण गरेर ईतिहास रच्नुभएको हो । यही असोज १८ गते शुक्रबार दिउँसो १.५५ बजे सहकर्मी मिङ्मा शेर्पासँगै तिब्बतको आठ हजार २७ मिटर अग्लो शिशापाङमा हिमालको सफल आरोहण गरेको पुर्जाले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत जानकारी गराउनु भएको छ ।

“पर्वतारोहणको क्षेत्रमा अर्को नयाँ सन्देश दिन सफल भएका छौ,” उहाँले भन्नुभएको छ “पहाड चुनौतिपूर्ण हुन सक्छ, तर हामी हरेक पल अँगाल्न तयार छौ । असम्भव भन्ने केही छैन् ।” पुर्जाले सन २०२२ को मे ७ तारिकमा कञ्चनजंगाबाट अक्सिजनको प्रयोग नगरी आठ हजार मिटर भन्दा अग्ला हिमाल आरोहणको अभियान शुरुवात गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

उहाँले सन् २०२२ को मे २७ मा सगरमाथा, मे २८ मा ल्होत्से हुँदै मकालु, च्होयो, धौलागिरि, अन्नपूर्ण, मनासलु, नाङ्गा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो हुँदै अन्तिममा शिशापाङ आरोहण गर्न पुग्नुभएको हो । १४ वटा अग्ला हिमालमध्ये आठ वटा भने नेपालमै पर्दछ । अरू पाकिस्तान र चीनमा छन् ।

वि.स. २०७६ मा सबैभन्दा छोटो अवधी (छ महिना छ दिन)मा आठ हजार मिटर अग्ला सबै हिमाल आरोहण गरेर किर्तिमान बनाएका पुर्जाले ती हिमालहरु सबैभन्दा धेरै पटक आरोहण गरेको किर्तिमान पनि बनाउनुभयो । उहाँले हालसम्म विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ४८ पटक आरोहण गर्नुभएको छ ।

पुर्जाले पाकिस्तान र चिनको सिमानामा रहेको संसारको दोस्रो आठ हजार छ सय ११ मिटर अग्लो केटुमा सन् २०२१ को जनवरीमा जाडो याममा आहोहरण गरेर इतिहाँस रच्नुभएको थियो । पुर्जाले आरोहणका क्रममा ३६ भन्दा बढी किर्तिमान बनाउनु भएको छ ।

khali

सन् २०१९ को मार्च महिनामा १६ बर्षे बेलायती गोर्खा सैनिकको जागिर छाडेर ‘प्रोजेक्ट् पोसिबल’ नामको हिमाल आरोहण अभियान थाल्नुभएको थियो । जागिर छोड्दा पुर्जाको मासिक तलब रु. १४ लाख बढी थियो ।

पुर्जाले हिमाल आरोहणको योजना सफल बनाउन बेलायतमा रहेको घर समेत बिक्री गर्नुपरेको वि.स. २०७९ को चैतमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित जन्मथलो आएको समयमा पत्रकारहरुसँगको कुराकानीका क्रममा बताउनुभएको थियो ।

बेलायती सेनामा रहँदा युके स्पेशल फोर्सेस (युकेएसएफ) मा १० काम गर्ने क्रममा चिसो याममा गरिने युद्धको प्रशिक्षक र स्पेशल बोट सर्भिसमा काम गरेको अनुभवले हिमाल चढ्न र नयाँ नयाँ किर्तिमान बनाउने साहास आउने पुर्जा बताउनुहुन्छ । “शारीरिक क्षमता र स्फुर्तिका अलावा जस्तो सुकै परिस्थतिमा पनि निराश नहुने, होस नगुमाउने, क्षण–क्षणमा उपयुक्त निर्णय लिनुपर्छ,” पुर्जाले राससकर्मीसँगको भेटमा भन्नुभएको थियो “आफैलाई उत्प्रेरण दिने र हरेक पाईलामा विश्वास राख्दै अगाडी बढ्नुनै सफलताको रहस्य हो ।” बेलायतको रक्षा मन्त्रालयमा ‘माउन्टेन’ विज्ञको रुपमा काम गरेका पुर्जाले ‘गोर्खा एक्सीडिसन २०१७’ मा १३ जना बेलायती गोर्खा सैनिकले गरेको सफल सगरमाथा आरोहण टोलीको नेतृत्व गर्नुभएको थियो ।

सगरमाथा आरोहरणको क्रममा मृत्यु पर्खेर बसेका एक जना अर्का आरोहरीलाई उद्धार गरेका पुर्जालाई बेलायती महारानीले प्रतिष्ठित ‘एमबिई अवार्ड’बाट सम्मान गर्नुभएको थियो । बेलायती गोर्खा सैनिकमा कार्यरत रहँदा सन् २०१२ को डिसेम्बरबाट हिमाल चढ्न शुरु गरेका पुर्जाले सन् २०१७ मा सगरमाथा–लोत्से र मकालु पाँच दिनभित्र चढेर उहाँको नाममा विश्व कीर्तिमान बनेको थियो ।

२०८० कात्तिक २३ गते जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैरआवासीय नेपाली नागरिकता लिएका निर्मलको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरमा भएको हो । तीन दाजु भाई मध्य निर्मल कान्छा हुन् । जेठा दाजु कमल बेलायती गोर्खा सैनिकका सेवा निवृत्त हुनुहुन्छ भने माइला जितबहादुर दानाको ज्ञानप्रकाश माविका पुर्व शिक्षक हुन् । हाल चितवनमा बस्दै आएका निर्मलका परिवारको नाममा दानामा जग्गाजमिन र घर रहेको वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयो ।

निर्मलले ज्ञान प्रकाश माविका विद्यार्थी र सो वडाका अन्य विद्यालयका निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन गर्न गत वर्ष रु. ४० लाखको अक्षयकोष स्थापना गरिदिनुभएको वडा अध्यक्ष पुर्जाले बताउनुभयो । पर्वतारोहण गराउने कम्पनीको सञ्चालक समेत रहेका निर्मलले सोलुखुम्बुको सगरमाथा आधार शिविर जाने पदमार्गमा भरियाहरुको आश्रय स्थल बनाउने अभियान पनि चलाउनुभएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...