मोनाले आयोजना गरेको निशूल्क आँखा शिविरमा करिब नौ सय जना लाभान्वित

Gandaki Ghumau

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिका–५ मा रहेको अर्मन स्वास्थ्य चौकीमा शुक्रबार सम्पन्न निशूल्क आँखा शिविरमा करिब नौ सय जना लाभान्वित भएका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले हिमालयन आँखा अस्पताल पोखरा र नेपाल नेत्रज्योती संघ म्याग्दीको प्राविधिक सहयोगमा शिविरको आयोजना गरेको शिविर बुधबारदेखि शुरु भएको थियो । नेपाल नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाले शिविरमा आठ सय ७१ ज्नाको आँखाको परिक्षण र ४६ जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

“म्याग्दीका छ वटै स्थानीय तहका सर्वसाधारणहरुले सेवा लिएका छन्,” उहाँले भन्नुभयो “आर्थिक अभाव, भौगोलिक विकटता, पारिवारिक र सामाजिक समस्याले कष्टकर जिवन विताइरहेका सर्वसाधारणलाई गाउँमै आँखा उपचार सम्बन्धी सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको हो ।”

Shreekrishna
Gunasthariya Shiksya

शिविर मार्फत गाउँठाउँमै आँखा परिक्षण, उपचार र मोतियाबिन्दुको शल्यक्रिया सम्बन्धी सुविधा पाएपछि सर्वसाधारणलाई पोखरा जादा, आउदा हुने आर्थिक र समयको बचत भएको छ । आँखा परिक्षण, मोतियाबिन्दुको शल्यक्रियाको साथै परामर्श, निशूल्क औषधी र चस्मा वितरण गरिएको थियो ।

हिमालय आँखा अस्पतालका नेत्र चिकित्सक डा. हरिमाया गुरुङ, नेत्र ज्योती संघ म्याग्दीका बरिष्ठ नेत्र सहायक दिनेश बानिया लगायत मंगला गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा दिनुभएको थियो । मंगला गाउँपालिका–४ की खगी बिकले गुमेको आँखाको ज्योती फर्किएकोमा खुसी व्यक्त गर्नुभयो ।

रोजगारी, पेशा, ब्यवसाय र अध्ययनको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध मोना अन्तराष्ट्रिय कार्यसमितिको नवौ वार्षिक साधारणसभाको अवसरमा शिविरको आयोजना गरिएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...