मुनामा स्वास्थ्य परिक्षण शिविर

khali

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुनामा बुधबार निशूल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

मुना स्वास्थ्य चौकीको आयोजनामा वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरणसँगै जेष्ठ नागरिक, अपाङग, बालबालिका र स्थानीयबासीहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

khali

मुना स्वास्थ्य चौकीका प्रमुख सविन लामगाडेले एक सय ४९ जनाले सेवा लिएका जानकारी दिनुभयो । लामगाडे सहित मुना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको र वडा अध्यक्ष देवेन्द्र रोका लगायत जनप्रतिनिधीहरुले सहजिकरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

शिविरमा सुगर, प्रेसर र अन्य समस्याको परिक्षण, उपचार र परामर्शका साथै औषधी वितरण गरिएको थियो । रोग पहिचान र समयमै उपचारको ब्यवस्था मिलाउन स्वास्थ्य पशिरक्षण गरिएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...