धवलागिरीमा भलिबल संघ गठन

khali

मुना, । म्याग्दी जिल्ला भलिबल संघ अन्तगर्तको धवलागिरी गाउँपालिका संघ पुर्नगठन भएको छ ।

गाउँपालिकाको केन्द्र मुनामा मंगलबार भएको भेलाबाट अनिष भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले यसअघिको कार्यसमिति निश्क्रिीय भएकाले पछिल्लो बैठकको निर्णय अनुसार धवलागिरीमा संघ पुर्नगठन गरिएको बताउनुभयो ।

khali

संघको उपाध्यक्षमा प्रकाश गुरुङ, सचिवमा रोमी भण्डारी, सहसचिवमा अमृत थापा र कोषाध्यक्षमा महेन्द्र सेरपुन्जा चयन हुनुभएको छ । बिरु भ्ण्डारी, निमकुमारी केसी, प्रतिक्षा भण्डारी, प्रदिप घर्ति, योगेन्द्र घर्ति र असोक छन्त्याल संघको सदस्यमा चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, जिल्ला भलिबल संघका अध्यक्ष बानिया, प्रदेश रेफ्री तारामन रोका र जिल्ला सदस्य चित्र घर्ती लगायतको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

यसअघि संघको मालिका गाउँपालिका समिति पनि पुर्नगठन भएको थियो । निश्क्रिीय रहेको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका स्तरीय संघलाई पनि पुर्नगठन गरिने अध्यक्ष बानियाले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...