जनचेतना युवा क्लव सिंगाको अध्यक्षमा मनबहादुर भण्डारी

khali

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको जनचेतना युवा क्लवको अध्यक्षमा मनबहादुर भण्डारी (महेश) चयन हुनुभएको छ ।

सिंगामा शनिबार सम्पन्न क्लवको भेलाले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लवको उपाध्यक्षमा लालबहादुर कार्की, सचिवमा राजु बानिया, सहसचिवमा सलन खत्री र कोषाध्यक्षमा रबिना बानिया रहनुभएको छ ।

khali

सदस्यहरुमा सबिन बानिया, भुवन खत्री, प्रकाश राना, प्रतिक रेग्मी, सुनिता कार्की, सचीन पौडेल चयन हुनुभएको निवर्तमान अध्यक्ष देवेन्द्र चोखालले जानकारी दिनुभयो । वि.स. २०६४ मा स्थापना भएको क्लवको पूर्व अध्यक्षहरुमा देवेन्द्र चोखाल, सरेन्द्र भण्डारी, अणबहादुर खड्का (भगवान), कमल बानिया र नगेन्द्र भट्टचन रहनुभएको छ ।

Shreekrishna hardwear in news

क्लवले खेलकुद प्रतियोगिताको साथै युवाहरुको नेतत्व र क्षमता विकास, सरसफाई, विपद् ब्यवस्थापन लगायत सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...