बेनी अस्पतालबाट एक वर्षमा चौरहत्तर हजार जनाले सेवा लिए

Shreekrishna hardware

बेनी, ः म्याग्दीको बेनी अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा अघिल्लो वर्षको तुलनामा २४ हजार जना भन्दा बढीले अस्पतालको बहिरंग विभागको सेवा लिएको सोमबार भएको वार्षिक समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो । बिहान, बेलुकी र सार्वजनिक विदाको समयमा पनि अतिरिक्त समय सेवा दिन थालेपछि सेवाग्राहीको संख्या बढेको अस्पतालका निमित्त प्रमुख डा. अञ्जु थापाले बताउनुभयो ।

“आर्थिक वर्ष २०७८÷७९ चालीस हजार एक सय १० र २०७९÷०८० मा ५० हजार दुई सय ८१ जनाले सेवा लिएको बहिरंग विभागबाट आर्थिक वर्ष २०८०÷०८१ मा सेवा लिनेको संख्या ७३ हजार नौ सय ३० जना पुगेको छ,” उहाँले भन्नुभयो “२०८० कात्तिक ३ गतेदेखि बिहान ७ देखि साँझ ८ बजेसम्म बहिरंग कक्षबाट सेवा दिन थालिएको थियो । बहिरंग विभागको सेवा लिने करिब ४० प्रतिशत अतिरिक्त समयका सेवाग्राही छन् ।”

Shreekrishna

सरकारी अस्पतालको बहिरंग विभागको सेवा अतिरित्त समयमा पाएपछि कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीहरुलाई सहज भएको छ । घण्टौ लाइन बसेर चिकित्सकलाई कुर्नुपर्ने समस्या घटेको छ । यसैगरी अस्पतालको सामाजिक सेवा इकाईबाट निःशूल्क र सहुलियत रुपमा स्वास्थ्य सेवा लिनेको संख्या पनि बढेको छ । इकाई मार्फत आर्थिक वर्ष २०७९÷८० मा चार सय ७६ जनाले सेवा लिएकामा यो संख्या आर्थिक वर्ष २०८०÷८१ मा बढेर एक हजार एक सय ८६ जना पुगेको छ ।

इकाई मार्फत महिला स्वास्थ्य स्वमसेविका, गरिब, असाहय, परिचयपत्र बाहक अपाङ, जेष्ठ नागरिक, लैङगिक हिंसा पिडित, गरिव तथा विपन्न, विपद् प्रभावित, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा बिरामी, सिमान्तकृत तथा लोपोन्मुख आदीवासी र जनजातीले निशूल्क वा सहुलियतमा सेवा पाउँछन् ।

Ban devision notice

सात हजार पाँच सय ७२ जनाले आकस्मिक, दुई हजार दुई सय ६५ जना भर्ना भएर सेवा लिएका छन् । ९६ जनाले शल्यक्रिया सहित तीन सय ७० जनाले प्रसुति सेवा लिएका छन् । नौ हजार छ सय ३६ जनाले युएसजी, चार हजार १३ जनाले इसिजी, १५ हजार आठ सय ९५ जनाले एक्सरे सेवा लिएका छन् । ९३ जना अन्य स्वास्थ्य संस्थाबाट रिफर भएर बिरामी आएका अस्पतालबाट गत वर्ष चार हजार तीन सय चार जना अन्यत्र रिफर भएका छन् ।

५० शैया क्षमताको भएपनि ७८ शैया बराबरको सेवा दिइरहेको अस्पतालमा हाल आठ जना विशेषज्ञ सहित २३ जना चिकित्सक छन् । अस्पताल ब्यवस्थापन समिति अन्तर्गतका चिकित्सक र स्वास्थ्यकर्मीहरुको पनि अस्थायी दरबन्दी स्विकृत भएपछि जनशक्ति व्यवस्थापन सहज भएको छ । ३० जनाले डायलाईसीस सेवा लिइरहेका छन् ।

अतिरित्त समयमा बहिरंग सेवा विस्तारसँगै जनरल एनेस्थेसीया मेसिन जडान गरि सेवा शुरु, मानसिक रोग, महिला तथा प्रसुति रोग, जनरल फिजिसियन, बाल रोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी लगायत विशेषज्ञ सेवाहरु नियमित प्रवाह भइरहेको अस्पतालका बरिष्ठ नर्सींग अधिकृत खेमकुमारी पन्तले बताउनुभयो । स्वास्थ्य विमा बोर्डले औषधी उपचार वापतको रकम समयमा भुक्तानी नगर्दा अस्पतालको आर्थिक व्यवस्थापनमा कठिनाई भएको उहाँले बताउनुभयो ।

५० शैया क्षमताको भवन निर्माणमा भएको ढिलाईले सेवा प्रवाहमा चुनौति सिर्जना भएको छ । बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले ठेकेदारले यसै वर्ष दुई वटा भवनको बल्क हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको बताउनुभयो । स्थानीय तहहरुले अस्पतालमा जनशक्ति व्यवस्थापनमा सहयोग गरेमा सहज हुने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले सिमित स्रोत साधनका बावजुद सेवा प्रवाहमा बेनी अस्पतालले गरेको सुधारको प्रयासलाई निरन्तरता दिन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सक्रीयता देखाउनुपर्ने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...