राहुघाटको एक चौथाई निर्माण

Gandaki Pardesh notice

बेनी । तीन वर्षअघि ठेक्का सम्झौता भएको म्याग्दीको राहुघाट जलबिद्युत आयोजनाको एक चौथाई भन्दा बढी निर्माण सकिएको छ ।

नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको तीन वटा अडिट (सुरुङसम्म पुग्ने पहुँचमार्ग) लकडाउन र बाढी पहिरोको असहज अवस्थामै सकिएको छ ।

रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले महामारी, प्राकृतिक बिपद् र चाडपर्वको समयमा पनि आयोजनाको काम नरोकिएको बताउनुभयो । “सुरक्षा सतर्कता, निर्माण सामग्री र उपकरणको ब्यवस्थापनका साथै सरोकारवालाहरुसँग समन्वय गरेर असहज अवस्थामा पनि आयोजना निर्माण रोकेनौ,” उहाँले भन्नुभयो “तीन वटा अडिट सकेर मुख्य सुरुङ खन्ने काम सुरु भएको छ ।”

Shreekrishna hardwear in news

सिभिल तर्फ १८ र इलेक्ट्रोमेकानिकल तर्फ दश प्रतिशत भौतिक प्रगति भएको प्रबन्ध सञ्चालक केसीले बताउनुभयो । पिप्ले, अधेरीखोला र तिल्लेकीको अडिटबाट ५०० मिटर मुख्य सुरुङ खनिएको छ । पिप्लेमा ५८ मिटर गहिरो सर्च साफ्ट खन्नुपर्नेमा ३५ मिटर गहिरो खनिसकिएको छ ।

बाँध रहने ठाउँमा बन्ने अडित १ को पोर्टल (सुरुङ खन्ने ठाउँ) तयार बनाएको छ । बाँधतर्फ जाने बाटोमा पर्ने झिँ र दग्नामको सिमाना बुक्लमा राहुघाट नदीमाथि ४० मिटर लामो मोटर चल्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

सामाजिक उत्तरदायीत्व अन्तरगत झिँ हुदै मौवाफाँट जोड्ने सडकको करिब ७ किलोमिटर मार्ग (ट्याक) खनिसकेको छ । बर्खामा बुक्लमा खस्ने पहिरो पन्छाएर मर्मत गर्दै बाँधतर्फ ढुवानी र आवत जावतलाई निरन्तरता दिएको थियो । सिभिल ठेकेदारका ५०० जना जना मजदुर र कर्मचारीले राहुघाटमा काम गरिरहेका छन् ।

Bhautik ministry notice about road

२०७४ मंसिर ५ गते छ अर्ब रुपैयामा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यो आयोजनाको सुरुङ, पहुँचमार्ग, विद्युतगृह र बाँध निर्माण स्थल रघुगंगा गाउँपालिका हो । भारतीय एक्जिम बैङ्कको ४४ मिलियन डलर सहुलीयत ब्याजदरको ऋणमा राहुघाट निर्माण हुन लागेको हो ।

४५ महिनाको ठेक्का अवधि भएको आयोजनाको ३६ महिना पुरा भएको छ । आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ । घुमाउनेताल देखि दग्नाम र झिँको सिमानामा बन्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग बनाएको छ ।

एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि प्रारम्भिक चरणको काम गरिरहेको छ । कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट बनाउन लागिएको हो ।

२०७३ मा स्थापना भएको रघुगंगा हाइड्रो लिमिटेड विद्युत प्राधिकरणको सहायक कम्पनी हो । गत फागुनमा पिप्लेमा आवास र प्रशासनिक प्रयोजनका लागि १० वटा भवन निर्माण सकिएको थियो ।

अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

२०७२ मा पुरानो ठेक्का तोडेपछि रोकीएको राहुघाटको सुरुङ खन्ने काम चार वर्षपछि २०७६ असार ७ गतेबाट सुरु भएको थियो । राहुघाट जलबिद्युत आयोजनामा उत्पादन हुने बिद्युत नजिकै निर्माण हुन लागेको राहुघाट सब स्टेशनबाट केन्द्रीय लाइनमा जोड्ने योजना छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...