संविधान दिवसको अवसरमा मुनामा शैक्षिक प्रर्दशनी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार शैक्षिक प्रर्दशनी भएको छ ।

संविधान तथा राष्ट्रिय दिवस –२०८१ को अवसरमा धवलागिरी गाउँपालिकाले मुनाको धवलागिरी मावि परिसरमा माध्यमिक र आधारभूत तहको शैक्षिक प्रर्दशनी कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा १० वटा माध्यमिक र सात वटा आधारभूत विद्यालय सहभागी भएका धवलागिरी गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले बताउनुभयो । विद्यार्थीहरुले तयार पारेका शैक्षिक, विज्ञान, सूचना प्रविधी, कृषि लगायत विषयसँग सम्बन्धित सामग्रीहरु प्रर्दशन गरिएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

मावि तहको प्रर्दशनीमा धनजनता मावि फलियागाउँ प्रथम, हेम नमुना आवासीय मावि दृतीय, धवलागिरी मावि तृतीय र किसानी चन्द्रकुन्ता मावि सान्तवना भएका छन् । उनिहरुलाई ट्रफी र प्रमाणपत्र सहित क्रमश रु. २० हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

आधारभूत तहको प्रर्दशनीमा भूमे आधारभूत विद्यालय मच्छिम प्रथम, राम्चे आधारभूत राम्चे दृतीय, बागेश्वरी आधारभूत बुल तृतीय र सुर्यज्योती आधारभूत विद्यालय दर तृतीय भएका छन् । प्रथम, दृतीय, दृतीय र सान्तवना हुने विद्यालयले क्रमश ः रु. १५ हजार, १० हजार र सात हजार र चार हजार नगद सहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ ।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक देवेन्द्र रोका, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्याल अर्याल, मालिका गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजाल लगायतको उपस्थिति रहेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...