बेनी – काठमाडौ रुटमा साझा यातायातको सेवा विस्तार

Gandaki Ghumau

बेनी, ः म्याग्दीमा साझा यातायातको सेवा विस्तार भएको छ ।

सार्वजनिक यातायात सेवा प्रदान गर्ने सहकारी संस्था साझा यातायातले राजधानी काठमाडौ देखि म्याग्दीको सदरमुकाम बेनी सम्म बस छुटाउन थालेको हो । साझा यातायातको बेनीका संयोजक भिमबहादुर श्रेष्ठले बेनी–काठमाडौ सडकमा साझाको बसले यातायात सेवा दिन थालेको बताउनुभयो ।

Gunasthariya Shiksya

“काठमाडौ देखि बेनीका लागि हरेक दिन साँझ ६ बजे र बेनी देखि काठमाडौका लागि साँझ ६ः१५ मा साझाको बस छुटाउने समयतालिका बनाएका छौ,” उहाँले भन्नुभयो “बेनी–काठमाडौ रुटमा चल्ने ४१ जना क्षमताको बसमा प्रतियात्रु एक हजार एक सय पचास भाडादर कायम भएको छ ।”

Shreekrishna

एक पटकमा एक जना जेष्ठ नागरिक र दुई जना विद्यार्थीलाई सहुलियत दिने श्रेष्ठले बताउनुभयो । निजी क्षेत्रका यातायात सेवाको तुलनामा साझाको बसको भाडा कम रहेको छ । बेनी–काठमाडौ रुटमा चल्ने बसहरुले हाल प्रतियात्रु रु. एक हजार पाँच सय भाडा लिने गरेका छन् ।

म्याग्दी, पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला, मुस्ताङका बासिन्दाका साथै म्याग्दी, मुस्ताङमा आउने पर्यटक तथा तिर्थयात्रीहरुलाई साझा यातायातको सेवा विस्तार भएपछि राहत मिलेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...