बेनी नगरपालिकाले विबिध कार्यक्रम गरेर शिक्षा दिवस मनायो

khali

बेनी । म्याग्दीको बेनी नगरपालिकाले बुधबार विभिन्न कार्यक्रम गरेर राष्ट्रिय शिक्षा दिवस २०८१ मनाएको छ ।

दिवसको अवसरमा माध्यमिक शिक्षा परिक्षा (एसइई), आधारभूत तह स्तरीय परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण र विभिन्न प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम गरिएको हो ।

२०८० को एसइई परिक्षामा संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएका लिटिल गार्डेन एकेडेमीका विदिसा सुवेदी र सुशान्त सुवेदी, सामुदायिकतर्फ प्रकाश माविका सृजना श्रेष्ठ र सुधन घिमिरेलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।

Shreekrishna hardwear in news

आधारभूत तहको कक्षा ८ को परिक्षामा उत्कृष्ट नतिजा ल्याएका सामुदायिकतर्फ प्रकाश माविका प्रज्ञा रिजाल र सुप्रिम पौडेल, संस्थागततर्फ लिटिल गार्डेनका सुप्रभा जिसी र प्रशान्त सुवेदीलाई पुरस्कृत गरिएको छ ।

khali

शिक्षा दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम, थाकनपोखरी आधारभूत दृतीय र लिटिल गार्डेन एकेडेमी तृतीय भएका छन् ।

वक्तृत्वकला प्रतियोगितामा लिटिल गार्डेन एकेडेमीको कक्षा ९ का दिक्षा पौडेल प्रथम, बेनी सामुदायिक माविको कक्षा १० का अभिशेक पौडेल दृतीय र माउन्ट एभरेष्ट आवासीय माविको कक्षा १० का सुनेना गुरुङ तृतीय भएका छन् ।

आधारभूत १–५ तहका विद्यार्थीहरुबीच भएको चित्रकला प्रतियोगितामा बेनी आवासीय माविका अनुस श्रीपाली प्रथम, न्यु वेष्ट पोइन्ट आवासीय माविका सुहाना लामिछाने दृतीय र गलेश्वर माविको कक्षा ५ का सक्षम पाण्डे तृतीय हुनुभएको थियो ।

नगर प्रमुख सुरत केसीको अध्यक्षता, शिक्षा अधिकृत कमल ढकालको सञ्चालन र शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...