जलजलाका उत्कृष्ट विद्यालय, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीलाई सम्मान

khali

बेनी, । पर्वतको जलजला गाउँपालिकाले बुधबार उत्कृष्ट विद्यालय, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, सेवा निवृत्त र दिर्घसेवी शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । गाउँपालिकाले आव्हान गरेको सूचना अनुसार पेश भएका आवेदनको मल्याङ्कनबाट उत्कृष्ट विद्यालय, शिक्षक, व्यवस्थापन समिति छनौट गरिएको शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले बताउनुभयो ।

विद्यालयतर्फ विद्याज्योती मावि, प्रअमा जनकल्याण माविका कृष्णप्रसाद रेग्मी, शिक्षकमा कृष्णभवन धर्म माविका शुमन शर्मा, बालशिक्षकमा फर्सेधाइरिङ माविका संगीता सुवेदी, लेखा कर्मचारीमा फर्से धाइरिङकै सविना शर्मा, कार्यालय सहयोगीतर्फ जनकल्याण माविका देवी रेग्मी र विद्यालय व्यवस्थापन समितिमा विद्याज्योती माविका टेकबहादुर जिसीले उत्कृष्टको सम्मान पाउनुभएको छ ।

Shreekrishna hardwear in news

विन्धवासीनी आधारभूतका गुमानसिंह जिसी, शिव माविका रत्नबहादुर केसी, शिवप्रसाद आचार्य, ग्रामप्रकाश माविका भवानीशंकर पौडेल, फर्से धाइरिङ माविका मुकुन्दप्रसाद आचार्य, युवा आधारभूतका खमबहादुर पुन, पञ्चमुल आधारभूतका नारायणबहादुर केसी, जनकल्याण माविका कमला देवी शर्मा र फट्केढुंगा आधारभूतका बलराम रेग्मीलाई दिर्घसेवी शिक्षकको सम्मान प्रदान गरिएको छ ।

यस वर्ष सेवानिवृत्त हुनुभएका बेनी बजार आधारभूतका ज्ञानु जिसी थापा, कृष्णभवन धर्म माविका छवीलाल आचार्य, ज्योतीमण्डल माविका पृथ्वीलाल गर्बुजा, विद्याज्योती माविका हरिप्रसाद पौडेल, शान्ति आधारभूतका नारायणप्रसाद कडेल, जनकल्याण माविका लोकराज कुँवर र विद्याज्योती माविका कमलनयन आचार्यलाई पनि सम्मान गरिएको थियो ।

khali

माध्यमिक शिक्षा परिक्षा एसईईमा ३.७ जिपिए ल्याएका विद्याज्योतीका आस्था नेपाली र ३.७३ जिपिए ल्याएका अमृत आदर्श प्याराडाइजका करण परियार, कक्षा ८ को नतिजामा सामुदायिकतर्फ ३.५२ जिपिए ल्याएका जनकल्याण माविका रस्किन महत र संस्थागततर्फ ३.७६ जिपिए ल्याएका अमृत आदर्श प्याराडाइजका सुवर्णबहादुर जिसी पनि सम्मानित हुनुभएको छ ।

विषयगत रुपमा ४ जिपिए ल्याउने ग्रामप्रकाश माविका विद्यार्थी अश्मी मल्ल, विद्यान पौडेल, शिक्षक रुमबहादुर गाहा, कृष्ण भवनका विद्यार्थी कुशल आचार्य, शिक्षक सिर्जना सुवेदी, बालाकृष्ण ज्ञवाली, जनकल्याण माविका विद्यार्थी यमुना रेग्मी, शिक्षक रघुनाथ सुवेदी, विद्याज्योती माविका विद्यार्थी आस्था नेपाली र शिक्षक हिराबहादुर बरुवाललाई सम्मान गरिएको छ ।

एसइइ नतिजाको आधारमा ८५.७१ प्रतिशत उतिर्ण गराउने बनौ मावि सामुदायिक तर्फ र संस्थागत तर्फ सत प्रतिशत नतिजा ल्याउने अमृत आदर्श प्याराडाइज एकेडेमीलाई पनि सम्मान गरिएको थियो । शिक्षा, युवा तथा खेलकुद शाखाकी प्राविधिक सहायक देवी रिजाललाई पनि सम्मान गरिएको थियो ।

दिवसको अवसरमा आयोजना गरिएको नेपाली समाजमा वैदेशिक अध्ययन तथा रोजगारीको प्रभाव विषयक वक्तृत्वकला प्रतियोगितामा कृष्णभवन धर्म माविका कविराज आचार्य प्रथम, न्यु होराइजन माविका श्रद्धा रेग्मी दृतीय, शिव माविका अनुराग सुवेदी तृतीय र जनकल्याण माविका रस्किन महत सान्तवना हुनुभएको थियो ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, शिक्षा समितिका संयोजक एकिन्द्रबहादुर खत्री लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा अधिकृत यज्ञप्रसाद लामिछाने र शिक्षा समितिका सदस्यहरुले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...