नदीजन्य बस्तुको अबैध उत्खनन, चोरी र निकासी विरुद्ध अनुगमन समितिको एक्सन्

Gandaki Ghumau

बेनी, म्याग्दीका नदीमा अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् र निकासी भएको भेटिएको छ ।

असार देखि भदौ महिनासम्म नदीजन्य पदार्थको उत्खनन् गर्न नपाउने कानुन विपरित म्याग्दी र पर्वत स्थित कालीगण्डकी किनारमा डोजर प्रयोग गरेर बालुवा निकालेर भण्डारण गरेका हुन् । ठेक्का सम्झौता विनै बालुवा उत्खनन र निकासी हुँदा स्थानीय तहहरुले राजस्व गुमाएका छन् ।

बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको विभिन्न ठाउँमा अवैध रुपमा उत्खनन र भण्डारण गरिएको बालुवा जफत गरि जरिवाना तिराउन सम्बन्धित स्थानीय तहलाई बुधबार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले पत्राचार गरेको समितिका संयोजक रहेका जिसस प्रमुख राजकुमार थापाले बताउनुभयो । बैठकको निर्णय अनुसार बालुवा उत्खनन् र ढुवानी गर्न प्रयोग भएका सवारी साधनहरुलाई समेत कारबाहीका लागि स्थानीय तहमा पठाइएको छ ।

Shreekrishna

समितिका सहसंयोजक रहेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले रघुगंगा गाउँपालिका–३ घुमाउनेताल, बेनी नगरपालिका–६ जलेश्वर र वडा नं. ७ खुल्लामञ्च मुनी अबैध रुपमा बालुवा उत्खनन् र भण्डारण गरेको नदिजन्य पदार्थ सिल गरि कारबाहीका लागि पत्राचार गरेको बताउनुभयो ।

Gunasthariya Shiksya

‘घुमाउने ताल स्थित कालीगण्डकी नदी किनारबाट बालुवा निकाल्न प्रयोग भएको डोजर र गलेश्वरमा अन्यत्रबाट बालुवा ओसार्न प्रयोग भएको टिप्परलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ,’ उहाँले भन्नुभयो ‘नियन्त्रणमा लिएका सवारी साधनहरुलाई जरिवाना गर्न र भण्डारण भएको बालुवा प्राबिधिक नापजाँच गरि कानुन अनुसार कारबाही अघि बढाउन सम्बन्धित पालिकाहरुलाई पत्र पठाइसकिएको छ ।’

प्रहरीले गत भदौ ३० गते रघुगंगा गाउँपालिका ३ घुमाउने ताल स्थित कालीगण्डकी नदी किनारबाट बालुवा उठाउन प्रयोग भएको टाकुरा विकास विल्डर्स प्रा.ली. लेखेको नम्बर नखुलेको एक्साभेटर नियन्त्रणमा लिएर अनुगमन समितिलाई बुझाएको थियो ।

सो एक्साभेटरलाई ५० हजार रुपैयाँ जरिवाना तिराउन र संकलित नदीजन्य पदार्थको प्राविधिक नापजाँच गराई कानुन अनुसारको शूल्क÷जरिवाना लिएर जिसस र प्रशासनलाई जानकारी गराउन रघुगंगा गाउँपालिकालाई पत्राचार गरिएको छ । घुमाउने तालमा ठूलो परिणाममा कालीगण्डकी नदीबाट बालुवा निकालेर थुपारेको भेटिएको छ ।

बेनी नगरपालिकाको जलेश्वरमा अन्य स्थानबाट उत्खनन गरी ल्याएको बालुवाको कुनै कागजात बिना भण्डारण गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको पर्वतको जलजला गाउँपालिका–८ को लुरे सप्लायर्सको सवारी साधनहरुलाई कारबाही गर्न बेनी नगरपालिकालाई पत्राचार गरेको छ ।

पर्वतको जलजला गाउँपालिकाको विभिन्न ठाउँमा उत्खनन् गरिएको बालुवा जलेश्वरमा ल्याएर भण्डारण गरेको बताइएको छ । बेनीको खुल्लामञ्च मुनी थुपारिएको बालुवाको विषयमा अनुसन्धान गरि सोको जानकारी गराउन बेनी नगरपालिकालाई पत्राचार गरिएको प्रजिअ ढकालले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...