‘विकासमा विभेद हुनुभएन’

Gandaki Kotihome

बेनी, । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको २४ औ साधारणसभा मंगलबार बेनीमा सम्पन्न भएको छ ।

साधारणसभामा सहभागीहरुले भौतिकसँगै सामाजिक र मानवीय विकास पनि साथसाथै हुनुपर्ने र विकासका पूर्वाधारमा सबैको समान पहुँच हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक समाज म्याग्दीका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार नैनकुमार श्रेष्ठले राज्यको सेवा सुविधा र विकासका पूर्वाधारबाट सबैले समान लाभ लिने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

शान्ति समाजको कास्की शाखाका सभापति समेत रहेका साधारणसभाका केन्द्रिय प्रतिनिधी तिर्थराज न्यौपानेले समाजले यस वर्ष दिगो, सन्तुलित र समन्यायिक विकासको मुद्दालाई जोड दिएको बताउनुभयो । विकास निर्माणमा हुने बेतिथिको अन्त्य, नागरिकको अधिकार प्रत्याभुति र संरक्षणमुखी विकासमा नागरिक खवरदारी आवश्यक रहेको न्यौपानेले बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

समाजका पुर्व बरिष्ठ केन्द्रिय उपसभापति रामजीप्रसाद सुवेदीले गाउँघर रित्ता हुदै गएकाले बनेका पूर्वाधारहरुको पनि उपभोग नहुने अवस्था देखिएको बताउनुभयो । उहाँले सामाजिक रुपान्तरण, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर भएमा मात्र गाउँमा मान्छे अडिन सक्ने बताउनुभयो ।

नागरिक समाज म्याग्दीका संयोजक सुर्देशनकुमार श्रेष्ठ र मिलन संस्थाका प्रतिनिधी राजेन्द्रकुमार श्रेष्ठले अधिकारमात्र नखोजी नागरिकले आफ्नो दायित्व र जिम्मेवारी पनि पुरा गर्नुपर्ने बताउनुभयो ।

समाजका पुर्व सभापति मुक्तिप्रसाद ढुंगानाले नागरिकहरुलाई विकासमा जागरुक तथा सरोकारवालालाई जिम्मेवार र जवाफदेही बनाउन आवश्यक देखिएको बताउनुभयो ।

समाजका शाखा सभापति हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सञ्चालक समेत रहेका सचिव बिष्णुप्रसाद आचार्य र कोषाध्यक्ष निरमाया मिजारले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन छलफलपछि पारित भएको थियो । उपसभापति मुकुन्दप्रसाद आचार्यले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...