स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी नगरपालिका अगाडी

khali

बेनी, । आर्थिक वर्ष २०८०÷०८१ मा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीका स्थानीय तहहरुमध्य बेनी नगरपालिका पहिलो बनेको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले गत आर्थिक वर्षको समिक्षा कार्यक्रमको अवसरमा सोमबार बेनीमा विभिन्न स्वास्थ्य सूचकहरुको आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था तथा स्थानीय तहहरुलाई सम्मानपत्र वितरण गरिएको हो ।

khali

स्थानीय तहहरुमा बेनी नगरपालिका पहिलो, मालिका गाउँपालिका दोस्रो र अन्नपूर्ण गाउँपालिका तेस्रो भएको छ । स्वास्थ्य संस्थाहरुमा मालिकाको दरवाङ आधारभूत अस्पताल पहिलो, अन्नपूर्णको भुरुङ तातोपानी स्वास्थ्य चौकी दोस्रो र मंगलाको कुहुँ स्वास्थ्य चौकी तेस्रो भएका छन् ।

Shreekrishna hardwear in news

कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालित स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको उपलब्धी, कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौति र यस वर्षको कार्यक्रम कार्यान्वयनको विषयमा छलफल भएको थियो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...