गलेश्वरमा अधुरो पुल र सडक चैतभित्र सम्पन्न गर्ने ठेकेदारको प्रतिबद्धता

Gandaki Pardesh notice

गलेश्वर, म्याग्दीको गलेश्वरको सडक र मोटरेबल पुलका ठेकेदार करिब एक वर्षपछि काममा फर्किएका छन् ।

सकिनुपर्ने समयमा आधा पनि काम नभएको पुल र सडक अलपत्र परेको बिषयमा केही दिनअिघ धौलागिरी खबर लगायतका सञ्चार माध्यममा समाचार प्रकाशन प्रशारण भएको थियो । सहायक ठेकेदारले अधकल्चो बनाएर छोडेको सडक र पुल निर्माणलाई पूर्णता दिन मुख्य ठेकेदारले काम थालेको हो ।

मुख्य ठेकेदार गजुरमुखी निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले पुल निर्माण र सडक कालोपत्रे गर्न मजदुर परिचालनका लागि उपकरण र निर्माण सामग्री जुटाउन थालेको बताउनुभयो ।

Shreekrishna hardwear in news

गलेश्वर सहित बेनी–जोमसोम सडकमा अहिले ८० जना मजदुर ल्याइसकेको र थप ३०० जना मजदुर ल्याउन लागेको न्यौपानेले बताउनुभयो । आगामी चैत महिनाभित्र पुल र सडक निर्माण गरिसक्ने उहाँको भनाई छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गलेश्वरको पुल बनाउन कालिका–गजुरमुखी र सडक निर्माणका लागि गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएका थिए ।

सडक र पुलको सहायक ठेकेदार बिवेक निर्माण कम्पनीका सञ्चालक सचिन क्षेत्री सम्पर्कबिहीन बनेपछि एक वर्षदेखि काम हुन सकेको थिएन् । प्रिस्टेड प्रबिधिको ४० मिटर लामो र ११ मिटर चौडाई भएको राहुघाटको मोटरेबल बनाउन छ करोड २४ लाख तीन हजार ८२५ रुपैयाँ मा २०७४ असारमा भएको ठेक्का सम्झौताको म्याद २०७६ चैत २६ गतेसम्म थियो ।

Bhautik ministry notice about road

चार करोड ८५ लाख दुई हजार ५८ रुपैयाँमा मा १ किलोमिटर १०० मिटर सडक कालोपत्रे गर्न २०७५ असोज २५ गते भएको ठेक्का सम्झौताको म्याद २०७७ असोज २४ गते सकिएको छ । ११ मिटर चौडाईमा कालोपत्रे गर्ने सम्झौता छ ।

मोटरेबल पुलको दुई तर्फ पिल्लर उठाउने र सडक फराकिलो बनाएर पर्खाल लगाउने काम मात्र सकिएको छ । दुवै योजनाको भौतिक प्रगति पचास प्रतिशतको हाराहारीमा छ । पुलको पिल्लरलाई पुर्णता दिएर ढलान गर्न तथा सडकमा नाली, टेवा पर्खाल, ग्राभेल र पिच गर्ने काम बाँकी छ ।

बेनी–जोमसोम कोरला सडक आयोजनाका इञ्जिनियर आशिस मर्हजनले कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएका कामलाई सूचारु गराउन निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किन थालेका बताउनुभयो । लक्ष्य अनुसार काम भए चालु आर्थिक वर्षभित्र ७६ किलोमिटर दुरिको बेनी जोमसोम सडक कालोपत्रे सम्पन्न हुने इञ्जिनियर मर्हजनको भनाई छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अधुरा र अलपत्र आयोजना निर्माणलाई गति दिन सम्बद्ध कार्यालय तथा निर्माण ब्यवसायीलाई ताकेता गरिएको बताउनुभयो । सम्बन्धीत स्थानीय तहसँग समन्वय गरेर आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधानमा पनि पहल गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

प्रजिअ अधिकारी, प्रहरी नायव उपरिक्षक किरणजंङ्ग कुँवर, शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक हरिबहादुर गुरुङ लगायतको टोलीले आइतबार पुल र सडक निर्माण स्थलको अनुगमनका साथै ब्यवसायी र आयोजनाका प्राबिधिकसँग छलफल गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...