गलेश्वरमा नयाँ लाइनबाट विद्युत आपुर्ति

khali

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा नयाँ लाइन मार्फत विद्युत आपुर्ति थालिएको छ ।

हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्धारका रुपमा रहेको गलेश्वरमा नयाँ वितरण लाइन मार्फत विद्युत आपुर्ति गरिएको हो । यसअघि मिलनचोक–दाना फिडरबाट विद्युत आपुर्ति हुने गलेश्वरमा यसै हप्तादेखि बेनी फिडरबाट आपुर्ति गराउन थालिएको नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो ।

“मिलनचोक देखि दाना जोड्ने लामो दुरिको वितरण लाइनका कारण बेनी बजार नजिकै रहेको गलेश्वरमा विद्युत आपुर्ति अनियमित हुने समस्याको अन्त्यका लागि बेनीको कालीपुल देखि गलेश्वर नयाँ लाइन सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “धार्मिक पर्यटकीय स्थल पनि भएकाले गलेश्वरमा नियमित गुणस्तरीय विद्युत आपुर्तिको व्यवस्था मिलाइएको हो ।”

Shreekrishna hardwear in news
khali

कालीपुल देखि गलेश्वर सम्म ८४ वटा पोल गाडेर तीन किलोमिटर दुरिको तार तानिएको छ । दुई सय र पचास केभीए क्षमताको दुई वटा ट्रान्सफर्भर राखिएको छ । गलेश्वरमा समस्या आउँदा बेनीमा विद्युत आपुर्ति प्रभावित हुन नदिन कालीपुल नजिकै डल्लेपिपलमा ‘डियो’ राखिएको नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताउनुभयो ।

म्याग्दी र पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका करिब २२ हजार उपभोक्ता रहेको म्याग्दी वितरण केन्द्रमा १३२ केभी क्षमताको मिलनचोक सव स्टेशनबाट विद्युत आपुर्ति हुन्छ । मिलनचोक देखि रत्नेचौर, बेनी, दरवाङ र दाना फिडरबाट विद्युत वितरण हुन्छ ।

विद्युत वितरण लाइन सुधार भएपछि नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै शिलामाथी रहेको गलेश्वर शिवालय मन्दिरका साथै गलेश्वरका करिब एक सय पचास घरधुरी लाभान्वित भएका बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । सडक छेउमा सडक बत्ती पनि राख्न मिल्ने गरि बिजुलीको पोल गाडिएको उहाँले बताउनुभयो ।

गलेश्वरमा रहेको होटल याकका सञ्चालक ताराप्रसाद आचार्य (बाबुराम)ले नयाँ लाइनबाट विद्युत आपुर्ति हुन थालेपछि स्थानीयबासी र ब्यवसायीहरुलाई धेरै सहज भएको बताउनुभयो । “यसअघि विद्युत आपुर्ति अनियमित भएर हैरान भएका थियौ,” उहाँले भन्नुभयो “नयाँ लाइन जोडेपछि विद्युत नियमित आपुर्ति भएको छ ।”

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...