काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले नेतृत्व गरेको गाउँपालिकामा जलजला प्रथम

Gandaki Ghumau

काठमाडौ । पर्वतको जलजला गाउँपालिका नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले नेतृत्व गरेको गाउँपालिकाहरु मध्यमा प्रथम भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा)को आर्थिक वर्ष २०७९÷०८० को नतिजामा जलजला गाउँपालिकाले ८६ अंक प्राप्त गरेको थियो ।

लिजामा उत्कृष्ट अंक ल्याएकोमा नेपाली काँग्रेसको स्थानीय तह समन्वय विभागले बिहिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा जलजलाका अध्यक्ष राजुप्रसाद आचार्यलाई काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा लगायतले सम्मान गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

आर्थिक वर्षभर पालिकाले सञ्चालन गरेका नीति तथा कार्यक्रम, गाउँसभाका निर्णय, कार्यपालिका बैठकका निर्णय, गाउँपालिकाको बजेट खर्च, कर्मचारीले सम्पादन गर्नुपर्ने क्रियाकलाप लगायतका कार्यको व्यवस्थित अभिलेख राखेका कारण जलजलाले ८६ अंक प्राप्त गर्दै गण्डकी प्रदेशका स्थानीय तहहरुमा दोस्रो बनेको थियो ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयक्षेत्र शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय रहेका छन् ।

ती विषयगतक्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् । प्रत्येक सूचकका लागि एक÷एक अंक निर्धारण गरिएको छ । हरेक विषय क्षेत्रका सूचकहरूलाई समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहमा व्यवस्थित गरिएको छ । मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया, उपलब्धीहरूका बारेका लेखाजोखा गरी सवल र दुर्बल पक्षको पहिचान, विकास र सुशासनमा देखिएका कमी कमजोरी स्वमूल्यांकन गर्ने गर्दछ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...