मन्त्रालय बिक्री गर्ने मनाङेको अभिव्यक्तिको विषयमा सांसद जुग्जालीद्धारा सत्तारुढ दलहरुको धारणा माग

Shreekrishna hardware

डेङ्गु नियन्त्रण र विपद् ब्यवस्थापनमा सरकार रमिते बनेको सांसद भण्डारीको टिप्पणी

पोखरा, । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले मन्त्रालय बिक्रीमा रहेको विषयमा प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे)को अभिव्यक्तिको विषयमा सत्तारुढ दलहरुको धारणा माग गर्नुभएको छ ।

प्रदेशसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्ने क्रममा जुग्जालीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी स्विकार नगरेका गुरुङले सार्वजनिक सञ्चार माध्यममा दिएको मन्त्रालय बिक्री गर्न लागेको भन्ने अभिव्यक्तिप्रति सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेको आधिकारिक धारणा माग गर्नुभएको हो ।

Shreekrishna
Ban devision notice

“भदौ १७ गते बेलुकी गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री राजिव गुरुङले राजिनामा दिएको भन्दै नेपाली काँग्रेससँग डेढ करोड र नेकपा एमालेसँग तीन करोडमा बार्गेनीङमा छु भनेर दिएको अभिव्यक्तिको सत्य, तथ्य के हो ?” जुग्जालीले भन्नुभयो “सम्बन्धीत दल नेकपा एमाले र नेपाली काँग्रेसले यसको धारणा सार्वजनिक गरोस् ।”

जिम्मेवार पदमा बसेका व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्ति, व्यवहार र गलत क्रियाकलापका कारण प्रदेशको संरचनाप्रति प्रश्न उठेको विषयमा जुग्जालीले संसदको ध्यानाकर्षण गराउनुभयो । म्याग्दी १(१) बाट निर्वाचित अर्का प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बैठकमा विपद् व्यवस्थापन र डेङ्गु नियन्त्रणमा सरकार रमिते र मुखदर्शक भएको टिप्पणी गर्नुभयो ।

सत्तारुढ दलहरुका स्वार्थका कारण संसदलाई बन्धक बनाएको बताउदै उहाँले डेङ्गु नियन्त्रणको लागि प्रभावकारी काम गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...