मिना परियार हत्या प्रकरण ः थुनछेक बहस सुरु, पाँच जना प्रतिवादी पुरपक्षका लागि थुनामा

khali

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या सम्बन्धी मुद्दाका सबै प्रतिवादीहरुलाई र्पुपक्षका लागि थुनामा पठाइएको छ ।

ज्यान सम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मंगलबारको थुनछेक आदेशबाट उनिहरुलाई थुनाका लागि कारागार चलान गरिएको हो । न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागे सम्म कारागारमा राखेर अनुसन्धान गर्न आदेश गरेको म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी दिनुभयो ।

अदालतको आदेश अनुसार मिनाका प्रेमी भनिएका राम खत्री, रामकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाई रोजन खत्री र सोही ठाउँका आफन्त श्याम खत्रीलाई थुनाका लागि म्याग्दी जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news

गर्भवति मिनाको हत्या गरी शव गाडेका अभियोगमा उनिहरु विरुद्ध यही भदौ २१ गते सरकारी वकिल कार्यालयमार्फत मुलुकी अपराध संहिता ०७४ को परिच्छेद १२ को दफा १७७ माग दाबी गरि ज्यान सम्बन्धी कसुरमा अभियोगपत्र दर्ता भएको थियो ।

८ महिनादेखि बेपत्ता रही गत २७ गते जंगलमा गाडेको अवस्थामा फेला परेको शव परिवारले सनाखत गरेपछि परेको किटानी जाहेरी अनुसार अनुसन्धान हुँदा अभियुक्तले हत्या गरी गाडेको बयानमा स्वीकार गरेको र प्रमाणको आधारमा सरकारी वकिल कार्यालयमार्फत ज्यान सम्बन्धी कसुरमा अदालतमा अभियोग दर्ता भएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

२०८० पुस १६ गते राति ११ः१५ बजेबाट घरबाट बेपत्ता भएकी परियारको शव गत साउन २७ गते जंगलमा गंगटा खोज्ने क्रममा स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जमिनमुनि गाडेको शव उत्खनन् गर्दा अनुहार र लिङ्ग पहिचान हुन नसक्ने अवस्थामा थियो ।

khali

उत्खनन् भएको ‘सडेगलेको मृत शरीर’ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरा पु¥याइ ०८१ साउन ३१ गते पोष्टमार्टम गरिएकोमा रिपोर्टले ‘शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र पेटमा भ्रुण समेत रहेको’ पुष्टि गरेको थियो ।

परियारलाई बेपत्ता बनाएको ‘ब्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुर’ सम्बन्धी अभियोगमा जिल्ला अदालतको ०८० फागुन १७ गतेको थुनछेक आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका राम खत्रीलाई झिकाई सरकारी वकिल कार्यालयमा बयान लिइएको, बयान लिने क्रममा पोलीग्राफ परीक्षण गरिएको तथा बयानमा राम खत्रीले अन्तरजातीय गर्भवती प्रेमिकाको आफू एक्लैले छुरा हानी हत्या गरी शव जंगलमा लागि गाडेको स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।

गिठिनी जंगलमा फेला परेको शवसँगै भेटिएको सुनको सिक्रि, कालो सल, चप्पल समेतका कपडाबाट उक्त शव करिब ८ महिनादेखि बेपत्ता १९ वर्षीय मिनाकै भएको भन्दै परिवारले सनाखत गरेको थियो ।

मिनाको शव फेला परेपछि बाबु चन्द्रे नेपाली (परियार)ले साउन ३० गते प्रेमी भनिएका छिमेकी २१ वर्षीय राम समेत आमा, दाई, भाई र सालासमेत परिवार ५ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दायर गर्नुभएको थियो ।

तोरीपानीको गलेश्वर माध्यामिक विद्यालयमा कक्षा ११ अध्ययनरत परियार र खत्री बीच प्रेम सम्बन्ध भै पटकपटक यौन सम्पर्कबाट मिनाको ६ महिनाको गर्भ रहेको खुलेपछि रामले पटक–पटक उक्त गर्भपतन गर्न दबाव दिएको फेसबुक म्यासेन्जरबाट खुलेको थियो ।

हत्याका मुख्य अभियुक्त राम खत्री यस अघि २०७६ साल फागुनमा बेनी नगरपालिका–५ पुलाडाँडामा भएको घटनामा ज्यान मार्ने उद्योगमा ४२ दिन हिरासत बसेर नाबालक भएकाले हिरासतमुक्त भएको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...