पर्यटकको पर्खाइमा स्याङ गाउँ

khali

सन्तोष गौतम
जोमसोम, ः कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैचा । डाडामाथी माटोका छाना भएका परम्परागत घरहरु । बीचमा सडक । भित्तातर्फ सुख्खा पहाड माथि हरियाली वनजंगल । झुरुप्पको बाक्लो बस्ति भित्र ढुंगा बिछ्याएका सफा सुग्घर गल्लीहरु । चिटिक्क परेका घरहरुमा बसोबास गर्ने नेपालका अल्पसंख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जिवनशैली । गाउँको डिलमा बगैचा सहितको उद्यानमा बसेर स्याउका दाना र नाउरको प्रतिमाको पृष्ठभूमिमा देखिने हिमाल, नदी र बस्तीहरु ।

यी दृष्यहरु मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा पर्ने स्याङ गाउँका हुन् । जोमसोम बजारको नजिकैको स्याङ संस्कृति र प्रकृतिको संगम हो । बिच भागमा रहेको बेनी–जोमसोम–कोरला सडक भएर बर्षेनी लाखौ पर्यटक मुस्ताङ ओहोर दोहोर गर्छन् । जोमसोम र राष्ट्रिय सडक छेवैको स्याङ गाउँमा पर्यटकको चहलपहल बढ्न नसकेकोमा स्थानीयबासी चिन्तित बनेका घरपझोङ गाउँपालिका–३ का वडा सदस्य बिरप्रसाद थकालीले सुनाउनुभयो ।

“धेरै पर्यटक सिधै मुक्तिनाथ पुगेर फर्किन्छन,” उहाँले भन्नुभयो “घुम्न र हेर्न लायक धेरै ठाउँ भएपनि ओझेलमा परेको स्याङमा जोमसोम र मुक्तिनाथ आउने पाहुनालाई भित्र्याउने प्रयास थालेका छौ ।” आठ वटा घरमा घरबास सञ्चालन भएको स्याङमा सडक र पैदलमार्ग प्रयोग गरेर पुग्न सकिन्छ । पारिवारिक वातावरणमा थकाली खानाका परिकारको स्वाद चाख्न पाइने स्याङ फोला सामुदायिक होमस्टेका सञ्चालक देवेन्द्र थकालीले बताउनुभयो । थकाली खानाको परिकार देश विदेशमा प्रसिद्ध छ ।

Shreekrishna hardwear in news

अल्पसंख्यक जातीमा सूचिकृत थकाली समुदाय स्वागत सत्कार र मिठो खानाका परिकार बनाउन सिपालु मानिन्छन् । स्याङबासीले मौलिक थकाली भाषा बचाएर राखेका छन् । बोलीचालिमा भरसक आप्mनै भाषा प्रयोग गर्छन् । एक सय १२ घर रहेको स्याङ गाउँको बीच भागमा गुम्बा छ ।

khali

गाउँको डिलमा रहेको उद्यानमा रातो (रेड डेलिसियस) र पहेलो (गोल्डेन डेलिसियस) जातको स्याउको प्रतिमा बनाइएको छ । सँगै वौद्ध धर्मगुरु रिम्पोचेको शालिक र जंगली जनावर नाउरको पनि प्रतिमा छ । शालिक र प्रतिमाको पृष्ठभूमिमा निलगिरि हिमाल, जोमसोम, ठिनी, धुम्बा, मार्फा बजार र स्याउ बारी देखिन्छ । उद्यानलाई स्थानीयबासीले मानशान्ति पार्कको नाम दिएका छन् ।

सुन्दर, शान्त र रमणीय, सदरमुकामको नजिक भएपनि प्रचारप्रसारको कमीले स्याङ ओझेलमा परेको ठहर गरेका स्थानीयबासी पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् । हरेक वर्षको साउन महिनामा लाग्ने खिला मेलालाई संस्कृति संरक्षणका साथै पर्यटक भित्र्याउने माध्यम बनाउन थालेका छन् । घरपझोङ गाउँपालिकाले स्याङ र जोमसोम बजार जोड्ने पदमार्गको परिकल्पना गरेर किचिथाङमा १२० मिटर लामो झोलुङ्गे पुल बनाएको वडा अध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताउनुभयो ।

जोमसोम देखि सिन्तामणी होटल, किचिथाङको झोलुङ्गे पुल हुदै स्याङ जोड्ने छोटो दुरिको पदमार्गले पर्यटकको बसाई लम्बाउने र उनिहरुलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने विश्वास वडा अध्यक्ष थकालीको छ । स्याङ खोलाको किनारमा रहेको कैह्योलोङ गुफा पनि अर्को आकर्षण हो । थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ ।

गुफाभित्र तीन वटा खाना पकाउने, ध्यान बस्ने, सामानहरु राख्ने कोठाहरु छन् । सो गुफामा परापुर्व कालमा लामाहरु ध्यान बस्ने गरेका स्थानीयबासी बताउँछन् । स्याङका पुर्व वडा सचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकास सम्बन्धी अध्ययन गर्नेहरुका लागि खोजको विषय बन्न सक्ने बताउनुभयो । स्याङखोलाको मोटरेबल पुल देखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ । जनकल्याण युवा क्लवले स्याङ खोलाको किनार देखि गुफासम्म पुग्ने रेलिङ सहितको पदमार्ग बनाएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...