पुनम खड्का
२०८० कात्तिक २१ गते विहान बेनी नगरपालिका–८,क्याम्पसचोकबाट सम्पर्कविहिन भएकी मंगला गाउँपालिका ३ बरंजाकी पुष्पा सापकोटाको तीन हप्तापछि पर्वतको जलजला गाउँपालिका वडा नं. ३ को भिरमा मृत अवस्थामा भेटिइन् । अनुहार नचिनिने अवस्थामा वनको सबैभन्दा अप्ठ्यारो ठाउँमा भेटिएको शव भिरबाट खसेको जस्तो देखिने प्रत्यक्षदर्शीहरुको भनाई थियो । पुष्पाको रहस्यमय मृत्युको ३ महिनापछि २०८० पुष १६ गते राती बेनी नगरपालिका ९ तोरीपानीकी १९ वर्षीया मिना परियार वेपत्ता भइन् । गत साउन २७ गते तोरिपानी नजिकैको उत्तिसको जंगलमा गाडिएको अवस्थामा भेटिएको शव, कपडा र गहना मिनाकै भएको उनका परिवारले सनाखत गरिसकेका छन् । मिनाको शव भेटिएपछि वेपत्ता भएको भनिएको घटना हत्याको अनुसनधानतर्फ मोडिएको छ ।
यि २ उस्तै उस्तै प्रकृति का घट्ना हरु फरक समुदायका नारि हरु माथि भयको थियो । मिना दलित समुदाय कि थिइन भने पुस्पा ब्राहाम्ण समुदाय । घट्ना को झन्डै १० महिना पुगि सक्दा पनि प्रहरी ले पुस्पा को अनुसन्धान गरि कुनै निस्कर्स मा पुगेको छैन । पुस्पा को अनुशन्धान कुहिरो हराए को काग को जस्तो भए को छ्। मिनाको घट्ना का एक अभियुत्त लाइ जिल्ला अदालत म्याग्दि ले पुर्पक्ष को लागि थुना मा पठाएको छ्। चार जना अनुसन्धानका लागि प्रहरीको हिरासतमा छन् ।
बेनि बजार को सडकमा आज सदिऔ देखि दबिएको र अन्याय मा पारिए को एउटा समुदाय फेरि पनि न्याय मारिन्छ कि भन्ने त्राश का साथ आफ्नि छोरि माथि भएको अन्याय को बिरुद सङघर्षरत छ । उस्लाइ सङ्का कि बिगत मा जस्तो शासक बर्ग ले फेरि आफु हरु लाइ अन्याय गर्नि त होइन ? फेरि पनि न्याय पैताला मुनि कुल्चिने त होइन्त्य ? सै ले उ कम्मर कसेर आन्दोलन मा होमियको छ्। गए एउटा ज्यान पाए आफ्नि छोरि मिना को लागि न्याय । न झरि न बादल न चर्को घाम न भोक न तिर्खा भनि कम्मर मा पटुकि कसेर आमा हरु मिना परियार लाइ न्याए दे हत्त्यारा लाइ कार्बाहि गर लेखेका प्लेकाड बोके र पुलिस का डन्डा र बन्दुक देखि नडराइ आन्दोलित छन्। भोलि मीना ले भोगेको नियति अरु छोरि ले भोग्न न परोस भने र ।
यता पुस्पा को भने १० महिना बितिसक्दा पनि अनुसन्धान को नतिजा सुन्य छ्। यि दुइ घट्ना ले हाम्रो अनुसन्धान प्रकृया कति फितलो र प्रभावित हुन्छ भन्ने देखाएको छ्। मिना का परिवार र आफन्त हरु ले यो बिच मा हेरक ठाउँ मा गएर मिनाको न्याय को लागि लगाएको हार हारगुहार ले नै आज मिनाको न्याय को लागि अधिकारकर्मी समुदाय लगायत एक ठाउँ मा उभिएर आवाज बुलन्द बनाएको छ्। तर पुस्पा को सवाल मा भने अनुसन्धान कुहिरो मा हराएको काग जस्तो देखिएको छ्। यस्ले जबर्दस्त आन्दोलन वा पहुच बिना यो देश मा न्याय पाइदैन भन्ने मान्यता लाइ स्थापित भएको छ्। हाम्रा प्रशासन हरु अदालत हरु अब स्वचालित वा प्रकृया गत तरिका ले चल्न छोडिसके भन्ने कुरा स्पस्ट रूप मा देखिन थाले को छ्। अब जो बोल्न सक्दैन जस्को पहुच छैन उस्ले आफ्नो न्यायको आश न गरे हुने भयो भन्ने कुरा को जनता मा आभास हुन थाले को छ्।
यदि मिनाको परिवार आफन्त र समुदाय बिभिन्न शक्ति केन्द्र र अधिकार कर्मि को मा हारगुहार र जबर्जस्त आन्दोलन नगरे को भय र आज पुस्पा को परिवर आफन्त र समुदाय जसरि प्रकृया लाइ बिस्वास गरि बसको भय नतिजा सुन्न्य हुने स्पस्ट थियो । मिना को हत्या भयको स्पस्ट रुप मा आइ सकेको छ । अब डर भनेको हत्यारा हरु लाइ उन्मुक्ति दिइन्छ कि भन्ने मा छ्। सदियौ देखि शक्ति सत्ता पौच र कानुन का टिक्ड्म अपनाएर जसरि उन्मुक्ति दिइन्थो त्यसरि नै टिक्ड्म अपनाएर उन्मुक्ति दिइन्छ कि भने र सजक हुन जरुरि छ।
पुस्पा को घट्ना को सवाल मा आनुसन्धान को प्रकृया को लागि दबाब दिन जरुरि देखिन्छ । पुस्पा घट्ना को केहि शन्खास्पदक तथ्य हरु देखिए का छन जो आत्माहत्या नभएर हत्या होकि भन्ने तिर सन्केत गर्दछ । १. जस्तो नजिक कालिनदि हुदा हुदै किन ताडा को भिर रोजिन । कि कसैले उनलाइ त्यहाँ बोलएको पनि हुन सक्ने देखिन्छ्। २ उन्को साथ मा रहेको मोबाइल फोन जो आज सम्म पनि भेटिएको छैन। कतै प्रमाण नस्ट गर्न को लागि गाएब त बनाइन । ३ उन्को गला मा रहेको सुन को सिकृ गाएब छ्। कि त्यो सिकृ पनि प्रमण हुने बस्तु त थिएन। यदि आत्महत्या नै थियो भने के कारण थियो। यदि आत्महत्या हो नै भने नि कसैले दुरुत्साहन त गरेको होइन रुयि प्रश्न हरु मा अनुसन्धान भयो कि भएन ? अझै पनि इ प्रश्न हरु को उत्तर खोज्नु जरुरि छ्।
अनुसन्धान देखिएको फितलो पन
केहि महिना अगाडि जलजला गाउ पालिका मा एक दम्पती को हत्या भयो प्रहरि ले अनुसन्धान गर्दा हत्यारा पत्ता लगाउन सकेन स्थानिय र सरोकार वाल सबै को दबाब मा सिआईबी ले अनुसन्धान गर्यो र हत्यारा पत्ता लगाइ कार्बाहि गर्यो। पर्बत मा भयको पुस्पा को घट्ना मा किन ? अनुशन्धान गर्ने माग गर्ने किन सकिएन। वा गरिएन्। न्याय सबै को लागि बराबरि हुनु पर्छ्। अवाज सबै पिडित को लागि उठाउनु पर्छ । आज एउटि चेलि को लागि सड्क ताति रहदा आन्दोलन गरि रह्दा उस्तै प्रकृति को घट्ना को बारे चुप रहनु अर्कि चेलि माथि अन्याय हुदैन र ? जिल्लाका राजनैतिक दल समाज सेबि नागरिक समाज ले सोच्नु पर्ने होइन ? म त्यो समुदाय का साथि हरु लाइ सलाम गर्छु जस्ले मिना को न्याय को लागि अहो रात्र दबाब दिइ न्याय को लागि सङ्घर्ष गरि रह्ननु भएको छ्। नमन गर्द्छु ति दिदिबहिनिहरु र आमा हरु लाइ जस्ले पटुकि कसेर न्याय को आन्दोल न मा लामब्द हुनु भएको छ ।
तर पुस्पा माथि भएको अन्याय को बिरुद एक शब्द किन बोल्न सकेको छैन ? किन अनुसन्धान यति ढिलो भएको छ जवाफ किन खोजिएको छैन । यस्को जवाफ खोज्न दवाब दिन जरुरि छ्। ताकि भोलि हाम्रा छोरि दिदि बहिनि हरु माथि कसैले पनि गिद्दे नजर लगाउन नसकोस । भय रहित वातावरण मा निर्धक्क रुप मा छोरि हरु फुल्न सकुन्। र अन्त्य मा मिना र पुस्पा हरु समाज का नरपिचास हरु ले निमोठिदिएका फुल हरु हुन दुबै को न्याको लागि दबाब दिउ।