बेनीमा किशोरी लक्षित कानुनी साक्षरता

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिकाले किशोरी लक्षित कानुनी साक्षरता, आत्मरक्षा तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।

लैङ्गिक हिंसा न्युनीकरणका लागि किसोरीहरुलाई सचेत बनाउन नगरपालिका र सामाजिक विकास कार्यालयले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर कानुनी शिक्षा कार्यक्रम सञ्चालन गरेको हुन् । बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले किशोरीहरुलाई सचेत र सक्षम बनाउदै सभ्य तथा सुरक्षित समाज बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
“किशोर अवस्थामा किशोरीहरुलाई सही शिक्षा र कानुनी ज्ञान प्रदान गरि हिंसाबाट जोगिने, प्रतिकार गर्ने र हिंसा हुँदा कानुनी उपचार खोज्न सक्षम बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “किशोरीहरु हिंसामा नपरुन र परेकाले कानुनी उपचार खोज्न सक्षम हुन भन्ने कार्यक्रमको उद्देश्य हो ।”

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पहिलो चरणमा बेनी बजारका तीन वटा विद्यालयका १५÷१५ जना किशोरीहरुका लागि बुधबारदेखि बेनी सामुदायिक माविमा कार्यक्रम शुरु भएको छ । कार्यक्रममा बेनी सामुदायिक मावि, वुद्ध एकेडेमि र माउन्ट एभरेष्ट आवासीय माविका किशोरीहरु सहभागी भएका बेनी नगरपाकिलाको महिला विकास निरीक्षक प्रतिमादेवी शर्माले बताउनुभयो ।

अन्य विद्यालयहरुका लागि प्रकाश मावि र म्याग्दी बहुमुखी क्याम्पसमा केन्द्र बनाएर प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको छ । गत वर्षको कार्यक्रममा छुटेका विद्यालयलाई यसपाली समेटिने नगर उपप्रमुख लामिछानेले बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सुरक्षित र सभ्य समाज निर्माणका लागि नागरिकलाई सचेत बनाउन लागिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले किशोरी स्वास्थ्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले किशोरीहरुको वर्तमान अवस्था, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले समाज विकासमा किशोरीको भूमिकाको विषयमा सहजिकरण गर्नुभएको छ । आत्मरक्षा र योग शिक्षाको विषयमा पनि सहजिकरण गरिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...