५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ को सुरुङ निर्माण शुरु

Gandaki Ghumau

छहरी (म्याग्दी), ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरु भएको छ ।

अपर म्याग्दी जलविद्युत कम्पनी लमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दीको धवलागिरी गाउँपालिका–४ छहरीमा बुधबारदेखि सुरुङ निर्माण थालेको हो ।

गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले अडिटको बाहिरी भागमा पहिलो बिस्फोट गराई सुरुङ निर्माण शुभारम्भ गर्नुभएको हो ।

Shreekrishna

दुई सय सात मिटर लामो अडिट सुरुङ निर्माण सकेपछि बाँध र विद्युतगृहबाट पनि सुरुङ खनिने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो । धवलागिरी गाउँपालिका–४ खाम्लामा रहने बाँध देखि मालिका गाउँपालिका–७ भरावाङ सम्म पाँच हजार सात सय मिटर लामो सुरुङ निर्माणको काम आगामी ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

‘बाँध, विद्युतगृह र सुरुङ निर्माणको काम समानान्तर हिसाबले अघि बढेको छ,’ आयोजना प्रमुख केसीले भन्नुभयो ‘आयोजनाबाट वि.स. २०८३ फागुन महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।’ रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेट देखि विद्युतगृहको उचाई १९६ मिटर रहेको छ ।

Gunasthariya Shiksya

१२ अरब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सानिमा बैंकको नेतृत्वमा ७५ प्रतिशत लगानी जुटाइने अपर म्याग्दी जलविद्युत कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष भानुभक्त पोखरेलले बताए । प्रर्वद्धक र संस्थापक सेयर आव्हान गरेर २५ प्रतिशत लगानी जुटाइने बताउनुभयो ।

जलविद्युत आयोजनाहरुको प्रर्वद्धक कम्पनी उर्जा डेभलपर्स प्रा.ली. मार्फत एक हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्य अनुसार अपर म्याग्दी–१ बनाउन लागिएको हो । निर्माण कम्पनी लुना बिल्डर्स एण्ड कन्ट्याक्टर प्रा.ली.ले सुरुङसँगै अन्य संरचना निर्माणलाई तिब्रता दिने जनाएको छ ।

नौ किलोमिटर पहुँचमार्ग बनाएको यस आयोजनाले भारवाङ, छहरी र खाम्लामा क्याम्प राखेको छ । छहरीमा नेपाली सेनाको सुरक्षा क्याम्प राखिएको छ । रातोढुङ्गा देखि खाम्ला सम्म १९ किलोमिटर ३३ केभी क्षमताको प्रशारण लाइन बनाएर आयोजना निर्माणका लागि विद्युत आपुर्ति गरेको छ । अपर म्याग्दी–१ बाट उत्पादन हुने विद्युत मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधिन १३२ केभी क्षमताको सव स्टेशनबाट केन्द्रिय ग्रिडमा जोडिनेछ ।

सांसद जुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, नेपाली सेनाको २३ नम्बर बाहिनीका बाहिनीपति जगतबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठ, शत्रु झञ्जन गुल्मका गुल्मपति रविन गुरुङ लगायतको उपस्थितिमा सुरुङ निर्माण शुभारम्भ गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...