भुरुङ्ग–तातोपानीमा पूर्वाधार निर्माण योजना कार्यान्वयन भएन्

Gandaki Ghumau

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौको योजना कार्यान्वयन हुन सकेको छैन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकहरुका लागि विश्राम स्थलको रुपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन संघीय सरकारले पठाएको रु. एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन भएको हो ।

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओमप्रकाश फगामीले तातोपानी कुण्ड छेउमा रहेको बेनी–जोमसोम–कोरला सडकको नक्साङन टुङ्गो लगाउन भएको ढिलाईका कारण पर्यटकीय पूर्वाधार निर्माणका लागि भित्रिएको बजेट र योजना कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । भुरुङ्ग–तातोपानी पूर्वाधार निर्माण शिर्षकमा आर्थिक वर्ष २०७९÷८० मा रु. ८० लाख र २०८०÷०८१ मा प्राप्त भएको रु. ५० लाख बजेट कार्यान्वयन नभएको हो ।

Shreekrishna

“यसअघिका दुई आर्थिक वर्षमा बजेट आएपनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले कता बाट सडक बनाउने भन्ने टुङ्गो नलगाएपछि तातोपानी कुण्डमा पूर्वाधार बनाउन सकिएन,” उहाँले भन्नुभयो “सडक आयोजनाले अहिले तातोपानी कुण्ड मुनी कालीगण्डकी नदीको किनारै किनार सडक बनाउने नक्साङ्कन टुङ्गो लगाएको छ ।” तर संघीय सरकारले यसपाली भुरुङ्ग तातोपानीको पूर्वाधार योजनाका लागि बजेट र योजना कटौटि गरेको छ ।

Gunasthariya Shiksya

जमिनभित्रको मुहानबाट करिब ५० डिग्री तापक्रममा निस्कने प्राकृतिक तातोपानी संकलन गरिएको दुई वटा पोखरी र धारामा स्नान गर्न सकिने भुरुङ्ग–तातोपानी पूर्वाधार अभावमा व्यवस्थित बन्न सकेको छैन् । खुल्ला आकाश मुनी रहेको कुण्डमा घाम र पानी छेक्ने छानो छैन् । खुल्ला रुपमा धारामा स्नान गर्नुपर्छ । कपडा, सामग्री राख्ने र कपडा फेर्न ब्यवस्थित ठाउँ आवश्यक छ । सवारी साधन पार्किङ गर्ने ठाउँ छैन् ।

तातोपानीमा शरिर डुबाएर स्नान गर्दा शारिरिक स्फर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुने जनविश्वास छ । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने आउने पर्यटकहरुका लागि भुरुङ्ग–तातोपानीलाई थकान मेटाउने विश्राम स्थल हो । मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महशुस गर्छन् ।

यसअघि कुण्डको कुनातर्फबाट खोलीएको बेनी–जोमसोम–कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्साङ्कन परिवर्तन गर्न स्थानीयबासी, जनप्रतिनिधी र सरोकारवालाहरुले माग गरेका थिए । तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरि कुण्ड मुनीबाट सडकको नयाँ नक्साङ्कन गरिएको छ ।

अन्नपूर्ण अध्यक्ष भारतकुमार पुनले नया नक्साङ्कन अनुसार भुरुङ्ग–तातोपानी कुण्ड क्षेत्रमा सडक स्तरोन्नतिका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनालाई ताकेता गरिएको बताउनुभयो । संघीय सरकारले पठाएको बजेट कार्यान्वयन हुन नसकेपनि गाउँपालिकाको स्रोतबाट तातोपानी कुण्डमा पूर्वाधार निर्माण गरेर व्यस्थित गरिने उहाँले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले भुरुङ्ग–तातोपानी क्षेत्रमा बाँकी रहेको सडक स्तरोन्नतिका लागि ठेक्का आव्हानको तयारी गरेको जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...