जन्मदिनको अवसरमा बालगृहलाई सहयोग

Gandaki Pardesh notice

बेनी। धवलागिरी गाउँपालिका–२ खोरीयाका दिपक सिंकीजा पुनले जन्मदिनको अवसर पारेर शनिबार म्याग्दी बालगृहलाई सहयोग गर्नुभएको छ ।

Bhautik ministry notice about road

नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहलाई पुनले एक÷एक थान राइस र प्रेसर कुकर सहयोग गर्नुभएको हो । जन्मदिन मनाउदा हुने फजुल खर्च नियन्त्रण गरेर बालगृहलाई आवश्यक सामग्री सहयोग गरेको पुनले बताउनुभयो ।

पुन खोरीया आधारभूत बिद्यालयमा अध्यापन गर्नुहुन्छ । उहाँले बाल सगठन म्याग्दीका सभापति राजेश शाक्यलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । म्याग्दीमा पछिल्लो समय जन्मदिन लगायत बिशेष दिनमा फजुल खर्च नगरी सामाजिक संघ संस्था र परोपकारी काममा सहयोग गनेृ चलन बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...