लोक संस्कृतिको संरक्षणमा योगदान दिने कलाकार र पत्रकार सम्मानीत

Gandaki Ghumau

बेनी, । लोक संस्कृतिको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउने पाँच जना कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको हो ।

शनिवार बेनीमा आयोजित २० औँ वार्षिक साधारणसभाको अवसरमा जिल्लाका अग्रज लोक गायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोक गायक तथा संस्थाका पूर्व अध्यक्ष कृष्ण जिसी, लोक दोहोरी गायक तथा मोडल सज्जन बोहोरा र पत्रकार कमल खत्री र अमृत बास्कुनेलाई सम्मान गरेको हो ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका केन्द्रीय सह–सचिव तारानाथ आचार्य, संस्थापक केन्द्रीय सदस्य तथा अग्रज लोक गायीका धनकुमारी थापा, प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसी लगायतले दोसल्ला र सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

जिल्लामा प्रत्यक्ष दोहोरीको विजारोपण गरि फुलाउन र पक्राउन गायक पौडेललको महत्वपूर्ण योगदान रहेको छ । प्रतिष्ठानमा दुई कार्यकाल सम्म नेतृत्व गर्नुभएका लोक गायक जिसीले संस्थागत विकासमा महत्वपूर्ण भूमिका निभाउनुभएको थियो ।

हाल अमेरिका कर्मथलो बनाउनुभएका लोक दोहोरी गायक बोहोराका मालिका धुरी सालैजो, घुमौला बेनी संक्रान्ति मेलैमा, बनचरी, शिरैमा शिरबन्दी, प्याउली फुल पहेँलै लगायतका गीतहरु चर्चित छन ।

पत्रकारिताको माध्ययमबाट जिल्लामा लुकेका र ओझेलमा परेका मौलिक कला र संस्कृतिको उजागर गर्ने क्षेत्रमा राष्ट्रिय समाचार समितिका म्याग्दी प्रतिनिधि खत्री र गोरखापत्रका जिल्ला सम्वाददाता बास्कुनेले खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...