लोमान्थाङका दुई सय १० घरधुरीलाई विद्युतीय चुल्हो वितरण

Gandaki Ghumau

बेनी, ः चिनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुई वटा वडाका बासिन्दालाई विद्युतीय चुल्हो वितरण गरिएको छ ।

दाउरा र ग्याँसको खपत घटाएर जलवायु परिवर्तनको असर न्युनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुल्हो वितरण गरेको हो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले वडा नम्बर –३ फुवा र वडा नम्बर –४ किमलिङका दुई सय १० घरधुरीलाई निशूल्क रुपमा एक÷एक थान विद्युतीय चुल्हो वितरण गरिएको जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“उजाड मरुभुमि भएको उपल्लो मुस्ताङको भूगोलमा खाना पकाउन र न्यानोका लागि दाउरा बाल्दा रुख बिरुवा मासिएर वातावरणमा असर पुगेको छ,” उहाँले भन्नुभयो “दाउराको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाएर वातावरणका लागि प्रयास गरेका हौ ।”

विद्युतीय चुल्होको प्रयोगबाट कार्बन उत्र्सजन न्युनीकरण र खाना पकाउने ग्याँसको आयात तथा खपत घटाउन सकिने अध्यक्ष गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्ट सहित वडाका जनप्रतिनिधीहरुले बुधबार सम्बन्धित वडामा पुगेर चूल्हो वितरण गरेका हुन् ।

विद्युतीय चूल्हो खरिदका लागि गत वर्ष रु. ८ लाख बिनियोजन गरेको लोमान्थाङ गाउँपालिकाले यस वर्ष पनि बजेट ब्यवस्था गरेको र सोबाट खरिद गरेर बाँकी तीन वटा वडाका सबै घरधुरीलाई वितरण गरिने जनाएको छ ।

चूल्होको प्रयोगबाट गुइठा, दाउरा खोज्नुपर्ने र महँगो रकम खर्चेर ग्यासको सिलिण्डर किन्नुपर्ने समस्या हट्ने स्थानीयबासीले बताएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...