ईञ्जिनियर एसोशियसनको चुनावमा गण्डकीका बामपन्थी ईञ्जिनियरहरु संयुक्त प्यानल

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । नेपाल ईन्जिनिययर्स एशोसियसनको आसन्न निर्वाचनका लागि गण्डकी प्रदेशका बाम घटक राजनीतिक दलहरु सम्बद्ध संगठनहरुले संयुक्त प्यानल बनाएका छन् ।

भदौ २८ गते हुने निर्वाचनका लागि नेकपा एमाले सम्बद्ध (पिन), माओवादी केन्द्र निकट (नियोन), एकिकृत समाजवादी निकट (सिन)ले चुनावी तालमेल गरेका हुन् । तीन वटा संगठनको संयुक्त प्रगतिशील समूहका उमेद्वारहरुले टोलीले बिहिबार म्याग्दी, बागलुङ र पर्वतमा चुनाव प्रचार, मतदाता भेटघाट र सुझाव संकलन गरेका छन् ।

प्रगतिशिल समूहबाट प्रदेश सभापतिमा महेन्द्रबहादुर गोदार, केन्द्रिय सदस्यमा रामचन्द्र पोख्रेल (आरसी), उपसभापतिमा कृष्ण रिजाल, सचिवमा आनन्द भट्टराई, सह–सचिवमा अस्मिता खनाल र कोषाध्यक्षमा सोभित श्रेष्ठ उमेद्वार बन्नुभएको छ ।

Shreekrishna

प्रगतिशिल समूहको सदस्यका उमेद्वारहरुमा मनोजकुमार सिंह, पदमलाल अधिकारी, सुवास शर्मा, सञ्जय सुवेदी, कालिदास सापकोटा, प्रदिप अर्याल, विवेक भट्टराई, ईश्वर भण्डारी, सञ्जय लामिछाने र सुदर्शन ढकाल रहनु भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सभापतिका उमेद्वार गोदारले झोलामा सिमित बनेको इन्जिनियर एसोसियसन गण्डकी प्रदेश समितिलाई संस्थागत गर्ने, सक्रीय बनाएर ईञ्जिनियरहरुको पेशागत हकहितका लागि पैरवी गर्ने मुद्दा सहित चुनावी मैदानमा आएको बताउनुभयो ।

निजी क्षेत्रमा कार्यरत ईञ्जिनियरहरुको नियुक्ति, अनुभवपत्र तथा सेवा सुविधामा एकरुपता कायम गर्ने, इन्जिनियरिङ सेवा अन्तर्गत नियुक्ति, पदोन्नति र सेवा सुविधालाई समान पद र कार्यबोझ अनुसार एकरुपता कायम गर्न पहल गर्ने तथा सरकारी तहमा थप ग्रेड तथा अनिवार्य फिल्ड भत्ताको व्यवस्थाका लागि पहल तथा संघर्ष गर्ने प्रगतिशिल प्यानलको एजेण्डा रहेको छ ।

प्रदेश सरकारको ईन्जिनियरिङ सम्बन्धी कानुन र नीति निर्माणमा सक्रीय सहभागीता जनाउने र स्थानीय तह लगायत कार्यलयहरुमा करारमा कार्यरत ईन्जिनियरहरुको पेशागत हकहित, अधिकार र जागिरको ग्यारेन्टिका लागि आवश्यक पहल गर्ने प्रगतिशिल समुहको एजेण्डा रहेको छ ।

सचिव पदका उमेद्वार आनन्द भट्टराईले भोट माग्नका लागि मात्र नभएर ईञ्जिनियरहरुको सुख र दुखमा साथ साथै रहने संस्थाका लागि आफ्नो समूहलाई जिताउन अपिल गर्नुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...