लामाखेतमा पहिरो खसेपछि मालढुङ्गा–बेनी सडक अवरुद्ध, बैकल्पिक सडक प्रयोग गर्न अनुरोध

Gandaki Ghumau

बेनी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक बुधबार बिहानैदेखि अवरुद्ध बनेको छ ।

पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा पहिरो खसेपछि १३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको डोजर मगाएर पहिरो पन्छाउने तयारी भएको र वैकल्पिक सडक प्रयोग गर्न जलजला गाउँपाकिलाले सार्वजनिक सूचना जारी गरेको छ ।

Gunasthariya Shiksya

सडक अवरुद्ध हुँदा म्याग्दी, मुस्ताङको पुरै जिल्ला, पर्वतको जलजला गाउँपालिकाबाट प्रदेश राजधानी पोखरा, चितवन, भैरहवा, काठमाडौ लगायतका सहरमा छुट्ने तथा भित्र्ने सवारी साधनहरुले मालढुङ्गा–बागलुङ–रत्नेचौर–बेनी जोड्ने १७ किलोमिटर दुरिको घुमाउरो सडक प्रयोग गर्न बाध्य भएका छन् ।

Shreekrishna

५ वर्षअघि सुरु भएको सडक स्तरोन्नतिको काममा ढिलाई हुँदा म्याग्दी र मुस्ताङका बासिन्दालाई आवत जावतमा सास्ती र ढुवानी भाडा महँगो परेको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतमले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...