पुजारीले चिच्याएर बर मागिदिने पेरीभारानी

Gandaki Kotihome

घराम्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी तालमा सोमबार चिच्याएर बर माग्ने धार्मिक मेला भएको छ ।

जनै पुर्णिमा पर्वको अवसरमा पेरीभारानी ताल र मन्दिरमा हरेक वर्ष चिच्याएर बर माग्ने चलन रहेको छ । अन्नपूर्ण गाउँपालिकाको घराम्दी, टिकोट, रिमा, औला, शिख, फलाते, चित्रे, घोडेपानी, घार, खिवाङका साथै पोखरालगायत गाउँबाट पुजाआजाका लागि भक्तजनहरु आएका पेरीभारानी संरक्षण समितिका पुर्व अध्यक्ष दुतबहादुर पुर्जाले बताउनुभयो ।

“परापुर्व कालदेखिनै तालको पानीमा बस्ने १० देखि १५ वर्षका अबिवाहित पुरुषलाई भक्तजनले नाम, बर माग्ने विषय जानकारी गराउने, चिच्याएर पेरीभारानी मातासँग बर मागिदिने र तालबाट पानी र माटो झिकेर दिएपछि पछाडी नफर्की गन्तब्यतर्फ जाने चलन छ,” उहाँले भन्नुभयो “मन्दिरमा पनि त्यसैगरीनै मगर समुदायका अबिवाहित युवाले भक्तजनलाई बर मागिदिने पुर्खौ अघिदेखिको चलन हो ।”

Shreekrishna hardwear in news
default

पेरीभारानी तालमा भाकल गरेमा सन्तान प्राप्ती, शिक्षा, रोजगारीमा सफलता, सम्पत्ती आर्जन हुने जनविश्वास रहेको पुर्जाले बताउनुभयो । भाकल गरेको पुरा भएपछि भेडाको साड र बोका बली चढाउने चलन छ । अन्नपूर्ण गाउँपालिका–७ टिकोटका दलबिर परियारले पेरीभारानी तालमा भाकल गरेको पुरा भएपछि तीन पटकसम्म पुजा गर्न आएको बताउनुभयो ।

Notice about ban dadalo

घना गुराँसको जंगलको बीचमा रहेको अन्य दिन पनि पुजाआजा र भालकको बली चढाउन सकिने संरक्षण समितिले जनाएको छ । करिब दुई सय बर्ग मिटर क्षेत्रफलमा फैलिएको तालमा वरपर जंगल भएपनि पातपतींगर नदेखिनु र नभेटिनु अनौठो किसीमको विषेशता रहेको अन्नपूर्ण–७ को घराम्दी टोल विकास संस्थाका अध्यक्ष अमृत गर्बुजाले बताउनुभयो ।

पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, निलगिरि हिमालको दृष्य अवलोकन गर्न सकिने तालको वरपर निर्माण थालिएको पदमार्गलाई पूर्णता र तालमा उम्रिएको झार उखेलेर फाल्ने कार्यलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रसिद्ध पर्यटकीय गन्तव्य घोडेपानी÷पुनहिलबाट एक घण्टा उत्तर पश्चिम पैदलयात्रापछि पेरीभारानी तालमा पुग्न सकिन्छ । घोडेपानी, महभिर–घराम्दी र खिवाङ गाउँदेखि प्यारीबाराही ताल जोड्ने ३ वटा सडक छन् । घोडेपानी–भारानी तालसम्म छुट्टै ३÷३ किलोमिटर दुरिको साइकल र घोडा मार्ग पनि बनाइएको छ ।

पेरीभारानी ताल अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गको आकर्षण हो । अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन पुनले पेरीभरानी ताल जोड्ने सडक स्तरोन्नति, सरसफाईलाई निरन्तरता र पदमार्ग निर्माणलाई पूर्णता दिने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...