पोखरेबगरमा राममन्दिर पुननिर्माण

Gandaki Ghumau

बेनी, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको राममन्दिर पुनःनिर्माण भएको छ ।

वि.स. २०३९ मा निर्माण भएको मन्दिर र धर्मशाला जिर्ण बन्नुका साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका साथै स्थानान्तरण गरिएको हो ।

बेनी–जोमसोम–सडक मुनी रहेको मन्दिरलाई सडक माथि सारेर जिर्णोद्धार गरिएको राममन्दिर पुननिर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताउनुभयो । उहाँका अनुसार रु. २४ लाख ७० हजार ७५० को लागतमा मन्दिर पुननिर्माण भएको हो ।

Shreekrishna

“मन्दिर पुुननिर्माणका लागि रु. १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म रु. १३ लाख ३२ हजार तीन सय ६१ उपलब्ध गराएको छ,” अध्यक्ष गिरीले भन्नुभयो “रु. चार लाख ७४ हजार ७०७ चन्दा सहयोग, रु. एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेका छौ ।”

Gunasthariya Shiksya

रु. दुई लाख ८० हजार ८५६ ऋण रहेको मन्दिर पुननिर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले सहमति अनुसार थप रु. एक लाख ६७ हजार तीन सय ३९ भुुक्तानी गर्न बाँकी छ ।

अन्नपूूर्ण गाउँपालिकाको रु. १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१÷०८२ मा रु. पाँच लाख बिनियोजन भएको छ । मन्दिर परिसर घेराबार र हनुमानको मुर्ति राख्न बाँकी छ ।

मन्दिर भित्र हिन्दु धर्मावलम्बीहरुका भगवान रामको मुर्ति राखिसकिएको छ । घेराबार र हनुमानको मुर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।

हिन्दुु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालीग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूूर्ण गाउँपालिकाको केन्द्र समेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...