बेनी, म्याग्दीको मालिका गाउँपालिका –३ डाडागाउँमा हिजो राती एक महिलाको हत्या भएको छ ।
डाडागाउँको गलकोटमा आइतबार राती ३५ वर्षीय दलबिर श्रीपालीले धारीलो हतियार प्रहार गरि सोही ठाउँकी ४३ वर्षीया बिना कुमारी बिकको हत्या गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
हत्यामा संलग्न दलबिरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट रातीनै नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा बन्चरो, दाउ र हसिया फेला परेको स्थानीयबासी लालबहादुर घतानेले बताउनुभयो । मृतकको टाउकोमा चोट लागेको छ । स्थानीयका अनुसार नाताले दिदीभाई पर्ने उनिहरुबीच केही समय अघि जग्गा किनबेचको बिवाद थियो । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।