माओवादीको म्याग्दी–काठमाडौ सम्पर्क समितिको नयाँ नेतृत्व चयन

Gandaki Ghumau

काठमाडौ, । नेकपा (माओवादी) केन्द्रको म्याग्दी–काठमाडौ सम्पर्क समितिको पाँचौ भेलाबाट नयाँ नेतृत्व चयन भएको छ ।

म्याग्दीमा जन्मिएर पेशा, ब्यवसाय, अध्ययनको शिलशिला र बसाई सराई गरेर काठमाडौमा बस्दै आएका माओवादी केन्द्र समर्थकहरुको काठमाडौमा शनिबार भएको भेलाबाट रेशम कटुवाल क्षेत्रीको अध्यक्षतामा समितिको नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा टिका फगामी, रन रोका, टकबहादुर थापा, सचिवमा दिपक आचार्य र कोषाध्यक्षमा रामजि परियार चयन हुनुभएको माओवादी केन्द्रको विशेष प्रदेश कमिटि सदस्य अर्जुन थापाले जानकारी दिनुभयो ।

Shreekrishna

सदस्यहरुमा बिना पौडेल, दिल बुढाथोकी, अनिल थापा, हिमाली थापा, टक जुग्जाली, भोजिन्द्र फगामी, ओमकार केसी, बागबिर पुन, सुमन बिक, राजु थापामगर, राज घिमिरे र चन्द्र पुन रहनुभएको छ ।

Gunasthariya Shiksya

भेलाको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्ट्राचारीहरुलाई कारबाही गर्न थालेपछि माओवादी नेतृत्वका सरकार ढालिएको बताउदै जनतामा जाने र शुसाषनको पक्षमा दवाव दिने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, प्रदेश सचिवालय सदस्य, प्रदेश सांसद तथा पुर्व मन्त्री रेशमबहादुर जुग्जाली, जिल्ला संयोजक सेरबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

माओवादी केन्द्र म्याग्दी काठमाडौ सम्पर्क समितिका अध्यक्ष याममती रोकाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...