म्याग्दीको पर्यटन प्रर्वद्धनका लागि फोटो प्रतियोगिता आयोजना

Gandaki Kotihome

बेनी, । म्याग्दीको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फोटो प्रतियोगिता आयोजना गरिएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोगिताको बिजेतालाई ट्रफी र प्रमाणपत्र सहित नगद रु. एक लाख पुरस्कार प्रदान गरिने भएको छ ।

दोस्रो र तेस्रो हुनेलाई क्रमश रु. ५० हजार र २५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने मोना अस्टे«लीयाका प्रवत्ता हिक्मत श्रेष्ठले जानकारी दिनुभयो । अस्ट्रेलीया र बेनीमा शनिबार बिहान एकै पटक पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी गराइएको थियो ।

म्याग्दी जिल्लाका धार्मिक, पर्यटन, प्रकृति, कला, संस्कृतिसँग सम्बन्धित तस्विरहरु सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गर्ने उद्देश्यले तस्विर प्रतियोगिता आयोजना गरिएको मोना अस्टे«लीयाका अध्यक्ष इन्द्र थापामगरले बताउनुभयो ।

Upper Myagdi transmition line notice

“गत वर्षको प्रतियोगिताबाट म्याग्दीका पर्यटकीय गन्तब्यको पहिचान, प्रचारप्रसार र प्रर्वद्धनका लागि सहयोग पुगेकाले यस पुरस्कारको राशी बढाएर निरन्तरता दिएका छौ,” उहाँले भन्नुभयो “प्रतियोगिताका क्रममा प्राप्त हुने तस्विरहरुलाई डिसकोभर म्याग्दी वेभ साइटमा राखेर प्रचारप्रसार गर्ने तयारी गरेका छौ ।”

Annapurna aarohan ko notice

मोना अस्ट्रेलीयाका फोटो प्रतियोगिता संयोजक बाबुराम पौडेलले भदौ १ देखि १४ गतेसम्म संस्थाको म्यासेन्जरमा संकलन गरिने तस्विर र पाँच सय शब्दको क्याप्सन छनौट गरेपछि भदौ १५ देखि असोज १५ गते साँझ ५ बजेसम्म फेसबुक पेजमा राखेर प्रतिस्पर्धा गराइने बताउनुभयो ।

“छनौट भएको फोटो प्रतियोगिताका लाग मोना अस्टे«लीयाको पेजमा राख्नका लागि इमेल मार्फत माग्छौ,” उहाँले भन्नुभयो “फेसबुक पेजमा लाइक, कमेन्ट र सेयरको आधारमा उत्कृष्ट तस्विर छनौट गर्ने मापदण्ड बनाएका छौ ।” आगामी असोज १९ गते प्रतियोगिताको नतिजा सार्वजनिक गरिने मोना अस्टे«लीयाले जनाएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले म्याग्दी जिल्लाको पर्यटकीय, धार्मिक, असामान्य ठाउँहरु, दैनिकी, चाखलाग्दो पात्र, मौलिक संस्कृति, सांस्कृतिक विविधता, उत्सव, अनुष्ठानहरु, प्राकृतिक वा कृतिम वातावरणसँग सम्बन्धित तस्विर जुनसुकै ठाउँका व्यक्तिले पनि सहभागिता जनाउन सक्ने बताउनुभयो ।

गत वर्ष मोना अस्टे«लीयाले एकल रुपमा प्रतियोगिता आयोजना गरेकोमा यसपाली उद्योग वाणिज्य संघ संग समन्वय गरेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका सुरेन गुरुङले खिचेको अन्नपूर्ण आधार शिविर जाने मौरिस हर्गोज पदमार्गमा पर्ने फुतफुते झरनाको तस्विर गत वर्षको प्रतियोगितामा बिजयी भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...